नयाँ दिल्ली। भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । पछिल्ला केही दिन लगातार घट्दै गएकोमा बिहीबार फेरि बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट ४५ हजार ८९२ जना नयाँ सङ्क्रमित थपिएका छन् । यसअघि बुधबार एक दिनमा नयाँ सङ्क्रमितको सङ्ख्या ४३ हजार ७३३ रहेको विवरण संघीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो ।
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितहरुको कुल सङ्ख्या भने चार लाख ६० हजार ७०४ रहेको मन्त्रालयले जनाएको छ । कुल सङ्क्रमित मध्ये १।५ प्रतिशत मात्रै अहिले सङ्क्रमित अवस्थामा रहेका हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८१७ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण कुल मृतकको सङ्ख्या चार लाख पाँच हजार २८ पुगेको छ ।
कोरोनाभाइरसको महामारी फैलिएदेखि अहिलेसम्म भारतमा दुई करोड ९८ लाख ४३ हजार ८२५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएरपनि अहिले सङ्क्रमणमुक्त भइसकेका छन् । ती मध्ये ४४ हजार २९१ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन ।
भारतीय चिकित्सा अनुसन्धान परिषद्ले दिएको जानकारीअनुसार भारतमा अहिलेसम्म ४२ करोड ५२ लाख २५ हजार ८९७ पटक स्वाब परीक्षण गरिएको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त