जोहानेसबर्ग। दक्षिण अफ्रिकाको संवैधानिक अदालतले पूर्व राष्ट्रपति ज्याकोब जुमालाई १५ महिनाको जेल सजाय गरेको छ ।
अदालतको अवहेलना मुद्दामा दोषी ठहर गर्दै संबैधानिक अदालतले जुमालाई जेल सजाय तोकेको हो । संबैधानिक अदालतका न्यायाधीश सिसि खाम्पेपेले अदालतको निर्णय सुनाउनु भएको थियो ।
अदालतले जुमालाई एन्कान्डला वा जोहानेसबर्गको प्रहरी चौकीमा पाँच दिनभित्र स्वयं उपस्थित हुन पनि आदेश दिएको छ । जुमाका निवास एन्कान्डला र जोहानेसबर्ग दुबै ठाउँमा रहेका छन् ।
जुमाले प्रहरीमा स्वयं उपस्थित नभएर अटेर गरेमा दक्षिण अफ्रिकी प्रहरी मन्त्री भेकी सिलेले तीन दिनभित्र आवश्यक व्यवस्था गरी जुमालाई सुधार गृहमा पठाउन पनि आदेश दिएको छ ।
पूर्व राष्ट्रपति जुमाले राज्य आयोगमा उपस्थित भएर बयान दिन अदालतले दिएको आदेश इन्कार गरेको भन्दै मानहानिको मुद्दा चलाइएको हो । सन् २०१८ मा गठन भएको यस आयोगले जुमा बिरुद्ध राज्यको शक्तिमाथि हस्तक्षेप गरेको, भ्रष्टाचार गरेको तथा राज्यका स्रोतसाधनको दुरुपयोग गरेको अभियोगमा छानबिन गरिरहेको छ ।
गत फेब्रुअरीमा पनि जुमालाई आयोगमा उपस्थित हुन भनिएको थियो तर उहाँले उपस्थित हुन अस्वीकार गर्नु भएको थियो । आयोगका अध्यक्ष एवं न्यायाधीश रेमन्ड जोन्डोका कार्यहरु आफू विरुद्ध पक्षपातपूर्ण रहेको दाबी जुमाले गर्दै आउनु भएको छ ।
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
होर्मुज खुलाउन इरानले मानेन
बेलायत बन्यो विश्वकै सबैभन्दा कडा धूम्रपान नियन्त्रण नीति अपनाउने देशमध्ये एक