ब्रसेल्स। युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन लायनले युरोपेली युनियनमा आबद्ध तीन मुलुकको कोभिड–१९ आर्थिक पुनरुद्धार योजनालाई अनुमोदन गरेको बताउनु भएको छ ।
आयोगले कोभिड–१९ पश्चात् इटाली, जर्मनी र लाटभियाको आर्थिक पुनरुद्धार योजनालाई स्वीकृत गरेको हो । आयोगकी अध्यक्ष लायनले तीनै मुलुकको भ्रमण पनि गर्नु भएको छ ।
इटालीमा श्री लायनले इटालीका प्रधानमन्त्री मारियो ड्रागीसँग भेटवार्ता गर्नु भएको थियो । प्रधानमन्त्री ड्रागीसँगको भेटपछि ट्वीट गर्दै लायनले इटालीका लागि ९० करोड अमेरिकी डलरको आर्थिक पुनरुद्धार योजना स्वीकृत गरेको बताउनु भएको छ ।
युरोपेली आयोगबाट सर्वाधिक ठूलो आर्थिक सहायता प्राप्त गर्नेमा इटाली रहेको छ । आयोगका अनुसार इटालीले अनुदान बापत ६८.९ अर्ब युरो र ऋण बापत १२२.६ अर्ब युरो प्राप्त गर्नेछ ।
यसैगरी जर्मनीले स्वास्थ्य सेवा र सार्वजनिक प्रशासनको डिजिटलाइजेसनका लागि सहायता प्राप्त गर्नेछ । जर्मनीका चान्सलर एन्जेला मर्केलले जर्मनीले हाइड्रोजन, माइक्रोइलेक्ट्रोनिक्स, क्लाउड र डेटा प्रसेसिङका क्षेत्रमा लगानी बढाउने बताउनु भएको छ ।
आयोगकी अध्यक्ष लायनले लाट्भियाको आर्थिक पुनरुद्धार योजनाका बारेमा पनि घोषणा गर्नु भयो । गत वर्ष, युरोपेली युनियनका नेताहरुले कोरोनाभाइरस महामारीको आर्थिक तथा सामाजिक असरलाई सम्बोधन गर्न व्यापक आर्थिक पुनरुद्धार कोष स्थापना गर्न सहमति जनाएका थिए ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी