नयाँदिल्ली। टाटा स्टील कम्पनीले भारतमा कोभिड–१९ का कारण निधन भएका आफ्ना कर्मचारीको मासिक तलब परिवारजनलाई निरन्तर प्रदान गर्ने घोषणा गरेको छ ।
टाटा स्टील कम्पनीमा कार्यरत तथा विश्वव्यापी महामारीका कारण निधन भएका कर्मचारीको उमेर ६० वर्ष नहुँदासम्म उनको आश्रित परिवारका सदस्यलाई नियमित रुपमा तलब, घर तथा स्वास्थ्य सुविधा प्रदान गर्नेछ, टाटा कम्पनीको बजार व्यवस्था शाखाले जनाएको छ ।
त्यसैगरी कोभिड–१९ का कारण निधन भएका कर्मचारीका सन्तानको स्नातकसम्मको अध्ययन खर्च पनि बेहोर्ने कम्पनीले जनाएको छ ।
टाटा कम्पनीले उक्त घोषणा सामाजिक सञ्जाल ट्वीटरमार्फत् पनि जानकारी गराएको छ । कम्पनीको उक्त घोषणाको सामाजिक सञ्जालमा धेरैले प्रशंसा गरेका छन् ।
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप