क्यानबेरा । अष्ट्रेलियाका विश्वविद्यालयहरुले विदेशी विद्यार्थीहरुलाई अष्ट्रेलिया फर्किन दिनका लागि यहाँको सरकारलाई आग्रह गरेका बताइएको छ । कोरोना भाइरसको महामारीका कारण यहाँका विश्वविद्यालयहरुमा भर्ना हुने विद्यार्थीको संख्या घट्दै गएको छ । महामारीका कारण विदेशी विद्यार्थीहरु पनि अष्ट्रेलिया फर्किन पाएका छैनन् ।
अष्ट्रेलियाले कोरोना भाइरसको पहिलो लहर शुरु भएदेखि नै अहिलेसम्म विदेशी विद्यार्थीहरुलाई फर्किन दिएको छैन । महामारी शुरु भएपछि कतिपय देशका विद्यार्थीहरुलाई आफ्नो घर जान दिएको सो देशले लामो समयदेखि हवाई उड्डयन खुलेको छैन ।
जसका कारण विदेशी विद्यार्थीहरु अष्ट्रेलिया फर्किन पाएका छैनन् । अष्ट्रेलियाका विश्वविद्यालयहरुको पछिल्लो तथ्यांकअनुसार यहाँ पहिलेका वर्षहरुको तुलनामा विश्वविद्यालय भर्नामा ३३ प्रतिशत कमी आएको छ ।
यसका कारण यहाँका विश्वविद्यालयहरुको बजेटमा पनि धेरै कमी आएको देखिएको छ । त्यसैले यहाँका विश्वविद्यालहरुले आफ्ना देशका गएका विदेशी विद्यार्थीहरुलाई स्वदेश फर्किन दिन र नयाँ विद्यार्थीलाई पनि अष्ट्रेलिया आउन दिने व्यवस्थाका लागि आग्रह गरेका हुन् ।
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक