वासिङ्टन। संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले अमेरिकामा बसोबास गरिरहेका एसियाली र प्रशान्त क्षेत्रका मानिस विरुद्ध घृणाजन्य अपराध बढेको भन्दै त्यसलाई रोक्न बिहीबार एउटा विधेयकमा हस्ताक्षर गर्नु भएको छ ।
घृणा र जातिभेद जस्ता गतिविधिहरु अमेरिकामा बढ्नुका साथै कतिपय एसियाली मुलका अमेरिकीमाथि सार्वजनिक स्थलमै आक्रमण हुन थालेपछि अमेरिकामै चिन्ता व्यक्त गर्न थालिएको थियो ।
डेमोक्रेट र रिपब्लीकन पार्टीका कैयौं सांसदले एसियाली मुलका व्यक्तिमाथि भइरहेका आक्रमण रोक्न ल्याइएको विधेयकलाई समर्थन गरेका थिए । ह्वाइट हाउसमा बिहीबार विधेयक प्रमाणीकरण समारोहमा ठूलो संख्यामा सांसदहरु पनि उपस्थित भएका थिए ।
गत अप्रिलमै माथिल्लो सदन सिनेटले ९४–१ ले पारित गरेको उक्त विधेयकलाई यसै साता अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले ३६४–६२ मतान्तरले अनुमोदन गरेको थियो ।
राष्ट्रपतिको चुनावी सभाहरुमा अमेरिकी जनतालाई एकताबद्ध गर्ने पटकपटक बताउँदै आउनु भएका राष्ट्रपति बाइडेनले विधेयक प्रमाणीकरण कार्यक्रममा पनि घृणा र जातिभेदलाई सबैले मिले परास्त गर्नुपर्नेमा जोड दिनु भयो ।
नयाँ कानुनले न्याय विभागलाई कुनै पनि किसिमका घृणाजन्य अपराधका विषयमा समीक्षा गर्ने बाटो खुलेको छ । कानुन कार्यान्वयन गर्ने निकायहरुलाई कुनै अपराध घृणाजन्य कार्य हो वा होइन भन्ने बारेमा अनुसन्धानमा मद्दत गर्न संघीय आर्थिक सहायता प्राप्त हुनेछ । कतिपय यस्ता घटनाहरुलाई विगतमा कानुनी दायरामा ल्याउने गरिएको थिएन ।
तर कतिपय अधिकारकर्मीहरुले यस विषयलाई कानुन कार्यान्वयन गर्ने निकायको जिम्मेवारीमा छाड्न नहुने बताएका छन् ।
त्यस अवसरमा राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले कोरोनाभाइरस महामारी शुरु भएयता एसियाली र प्रशान्त क्षेत्रका मानिस र उनीहरुका व्यवसायलाई लक्षित गरी चक्कु प्रहार गर्ने, गोली चलाउने र अन्य किसिमका आक्रमण गर्ने गरिएको चर्चा गर्नुभयो ।
उपराष्ट्रपति ह्यारिसले यस्ता घटनाहरु झण्डै छ गुणाले बढेको जानकारी दिनुभयो ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल