लन्डन । बेलायतमा विभिन्न क्षेत्रमा चर्चित ५० बढी व्यक्तित्वहरुले कोरोना भाइरसको दोस्रो लहरबाट प्रभावित नेपालमा अक्सिजन लगायत अत्यावश्यक सामग्री उपलब्ध गराउन बेलायत सरकारसित माग गरेका छन् ।
चर्चित अभिनेत्री जोआना लम्लीसहित बेलायती वैज्ञानिक, प्राज्ञिक व्यक्तित्व, आरोही, गोर्खा र नेपालका निकट बेलायतीहरुले बेलायती विदेश मन्त्री डोमिनिक राबलाई एक खुल्ला पत्र लेख्दै कोभिड १९ का कारण स्वास्थ्य संकट झेलिरहेको नेपालमा अक्सिजनसहित आपतकालिन औषधि सहयोग गर्न माग गरेका हुन् ।
यसरी माग गर्नेहरुमा अभिनेत्री लम्ली, सर माइकल पालिन, सर क्रिस बोनिंगटन, ब्रिटिश जनस्वास्थ्य विज्ञ तथा खोप अनुसन्धाता सर जेरेमी फरार, सराह गिल्बर्ट, एन्ड्रियू पोलार्ड, निकोलस हवाइट, एड्रियन हिल, पिटर होर्बी, फिलिप गुरिन, एलेन टाउनसेन्ड, स्याण्डी डगलस, गोरखा भिसी विजेता क्याप्टेन रामबहादुर लिम्बु लगायतले change.org अनलाइनमार्फत नेपाललाई तत्काल सहयोग गर्न ब्रिटिश सरकारलाई अनुरोध गरेका छन् ।
यसरी माग गर्नेहरुमध्ये गोर्खा वेलफेयर ट्रस्टका अध्यक्ष जनरल साम कोवानले “गोर्खा भर्तीमार्फत नेपालसंग हाम्रो २०० वर्ष भन्दा पुरानो सम्बन्ध रहेको छ । म ब्रिटेनलाई नेपालीहरुको पीडा कम गर्न अगाडी सर्न अपील गर्दछु। हामीसंग धेरै समय छैन । ”
यस अभियनमान पर्वतारोही, ब्रोडकास्टर्स, फिल्म निर्माता, सैनिक, लेखक र प्राध्यापकहरु पनि जोडिएका छन् ।
“बेलायत र नेपालबीच शताब्दीऔं लामो पृथक र पुरानो सम्बन्ध छ । हामी पुरानो मित्रराष्ट्रको दुःखमा एकसाथ हुने बेला आएको छ,” पत्रमा भनिएको छ ।
सर क्रिस बोनिंगटनले भनेका छन्, “म आफैंले देखेको छु कि नेपालको पहाडी भेगबाट आएका नेपालीले ब्रिटेनका लागि वर्षौंदेखि कति योगदान गरेका छन् भनेर । मलाई आशा छ नेपालीको दुःखमा बेलायत सरकारले सहयोग गर्ने छ ।”
बेलायतको लिड्स विश्वविद्यालयमा अन्तरराष्ट्रिय कानूनका प्राध्यापक डा सूर्य सुवेदीले भने, ” नेपाल परम्परागत रुपमै ब्रिटेनको सहयोगी मुलुक हो । म नेपालले संकट व्यहोरी रहेको यो बेला बेलायतले हरसम्भव सक्दो मदत गर्ने छ भन्ने मैले विश्वास लिएको छु । ”
संयुक्त राष्ट्रसंघका अनुसार करिब २ करोड ९० लाख जनसंख्या भएको नेपालमा कोभिड १९ संक्रमणदर अहिले अप्रत्यासित रुपमा बढेको छ र भाइरसको संक्रमण विश्वमै उच्च छ ।
कमजोर स्वास्थ्य प्रणालीले नेपाल अहिले स्वास्थ्यको चरम संकटमा छ । अस्पतालका बेडहरु भरिएका छन् भने मानिस अक्सिजन अभावका अकालमै मरिरहेका छन् ।
सो अभियानलाई सर्वसाधारणले पनि तलको लिङ्कमा क्लीक गरी समर्थन र ऐक्यवद्धता जनाउन सक्नेछन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग