लण्डन । बेलायतमा यस वर्षको पहिलो तीन महिनामा बेरोजगारी दर केही घटेको छ ।
अफिस फर न्याशनल स्ट्याटिटिक्सका अनुसार गत मार्चमा बेरोजगारी दर ४.८ प्रतिशत रहेको थियो । जबकि फेब्रुअरीमा सो दर ४.९ प्रतिशत रहेको थियो ।
लकडाउनको अवधिकै सो तथ्यांकले रोजगार क्षेत्रमा सुधारको प्रारम्भिक संकेतहरु देखिएको अफिस फर न्याशनल स्ट्याटिटिक्सले जनाएको छ ।
मार्च र अप्रिलको बीचमा करिब ९७ हजार मानिसहरुले नयाँ काम पाएको पनि बताइएको छ । यद्यपि रोजगार क्षेत्र अझै महामारी पूर्वको अवस्था भन्दा ७ लाख ७२ हजारले कम रहेको छ ।
बेलायतमा अहिले कामको अवसर बितेको एक वर्षकै उच्च रहेको पनि बताइएको छ ।
अफिस फर न्याशनल स्ट्याटिटिक्सका आर्थिक तथ्यांक निर्देशक ड्यारन मोर्गानले रोजगार क्षेत्र नोभेम्बरदेखि नै सुध्रँदै आएकोमा अप्रिलमा बलियो सुधार भएको बताए । तर महामारीपूर्वको अवस्थाभन्दा अझै करिब ७ लाख ७५ हजार कम मानिसहरुले रोजगारी पाएको पनि उनले प्रष्ट पारे ।
बेलायतका अर्थमन्त्री ऋषि सुनकले महामारीका बेला सरकारले जागिर सुरक्षा गरेकोमा त्यसको असर अहिले देखिन शुरु गरेको बताएका छन् । हरेक जागिर बचाउन नसकिए पनि महामारीको शुरुवातमा जागिर गुमाउने अनुमान गरिएको संख्यामा २० लाख कम्ती मानिसहरुको जागिर बचाउन सकिएको पनि उनले बताए ।
बेलायतमा लकडाउन सोमबारदेखि करिब सकिएकाले यहाँको अर्थतन्त्र पुन चलायमान हुने अपेक्षा गरिएको छ ।
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता