लण्डन । बेलायतमा यस वर्षको पहिलो तीन महिनामा बेरोजगारी दर केही घटेको छ ।
अफिस फर न्याशनल स्ट्याटिटिक्सका अनुसार गत मार्चमा बेरोजगारी दर ४.८ प्रतिशत रहेको थियो । जबकि फेब्रुअरीमा सो दर ४.९ प्रतिशत रहेको थियो ।
लकडाउनको अवधिकै सो तथ्यांकले रोजगार क्षेत्रमा सुधारको प्रारम्भिक संकेतहरु देखिएको अफिस फर न्याशनल स्ट्याटिटिक्सले जनाएको छ ।
मार्च र अप्रिलको बीचमा करिब ९७ हजार मानिसहरुले नयाँ काम पाएको पनि बताइएको छ । यद्यपि रोजगार क्षेत्र अझै महामारी पूर्वको अवस्था भन्दा ७ लाख ७२ हजारले कम रहेको छ ।
बेलायतमा अहिले कामको अवसर बितेको एक वर्षकै उच्च रहेको पनि बताइएको छ ।
अफिस फर न्याशनल स्ट्याटिटिक्सका आर्थिक तथ्यांक निर्देशक ड्यारन मोर्गानले रोजगार क्षेत्र नोभेम्बरदेखि नै सुध्रँदै आएकोमा अप्रिलमा बलियो सुधार भएको बताए । तर महामारीपूर्वको अवस्थाभन्दा अझै करिब ७ लाख ७५ हजार कम मानिसहरुले रोजगारी पाएको पनि उनले प्रष्ट पारे ।
बेलायतका अर्थमन्त्री ऋषि सुनकले महामारीका बेला सरकारले जागिर सुरक्षा गरेकोमा त्यसको असर अहिले देखिन शुरु गरेको बताएका छन् । हरेक जागिर बचाउन नसकिए पनि महामारीको शुरुवातमा जागिर गुमाउने अनुमान गरिएको संख्यामा २० लाख कम्ती मानिसहरुको जागिर बचाउन सकिएको पनि उनले बताए ।
बेलायतमा लकडाउन सोमबारदेखि करिब सकिएकाले यहाँको अर्थतन्त्र पुन चलायमान हुने अपेक्षा गरिएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार