लन्डन । एनआरएनए यूके निर्वाचन नजिकिंदै गर्दा अध्यक्षका प्रत्यासीहरु यतिखेर सदस्यता विस्तारमा जुट्न थालेका छन ।
एनआरएनए यूके अध्यक्षकी प्रत्यासी एवं वर्तमान उपाध्यक्ष रोजिनाप्रधान राईले बेलायतमा ’डेडिकेटेड स्टाफ’ सहित तीनवटा अफिस नै खोलेर मेम्बरसीप ड्राइभमा लागेकी हुन । उनले सदस्यता ड्राइभलाई उच्च प्राथमिकता दिएकी छन् ।
नेपालीहरु उल्लेख्य रहेको र भोट बैंक ठानिने क्षेत्र अल्डरसटको एम्पायर हल र श्री लक्की ज्वेलरी एवं पिटरबरोस्थित न्यू रोडमा हेल्प डेस्कमार्फत सदस्यता विस्तारमा आफू केन्द्रित रहेको रोजिनाले बताइन् ।
एनआरएनए यूके अध्यक्ष प्रत्यासीमा सशक्त र जनमानसबाट राम्रो साथ समर्थन पाएकी रोजिनाले आफ्ना सम्पर्क कार्यालयबाट सदस्यता व्यवस्थापनसहित प्रचार प्रसार र अन्य कामहरु भइरहेको बताइन् ।
’कुनै पनि संस्था सञ्चालन र यसको प्रभावकारिताका लागि सदस्य संख्या नै प्रमुख मेरुदण्ड मानिन्छ । यसपटक एमआइएस सिस्टमबाट सदस्यता लिनुपर्ने भएकाले हामी यसतर्फ बढी व्यस्त छौं’, उनले भनिन् । विशेष गरि ज्येष्ठ नागरिकहरु एमआइएस सिस्टमबारे बेखबर भएकाले चुनौतिपूर्ण भएकोले यस सम्पर्क कार्यालयाबाट सदस्य बनाउन सहजिकरण गर्ने पनि उनले बताइन् ।
एनआरएनए आइसीसीले सबै राष्ट्रिय समन्वय समितिलाई अनिवार्य रुपमा एमआइएस प्रविधि अंगाल्न निर्देशन दिएपछि एनआरएनए यूकेले पहिलोपटक अनलाइन सदस्यता वितरण शुरु गरेको हो । यसको समयसीमा आउंदो १० जुनसम्म छ ।
रोजिनाले पछिल्लो समय बेलायतस्थित प्रमुख नेपाली संघसंस्थाका प्रतिनिधिहरुसंग प्रत्यक्ष भेट गरि आफूलाई सहयोग गरिदिन आग्रह गरिरहेकी छन् । अग्रजहरुको प्रेरणाले आफू आशावादी भएको बताउंदै उनले अब पछाडि हट्ने सम्भावना नरहेको दाबी गरिन ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा