लण्डन । एनआरएनए युकेले कोरोना भाइरसविरुद्धको लडाइँमा खोप नै दीर्घकालिन समाधान भएकाले नेपालमा खोप उपलब्ध गराउन बेलायत सरकारसित पहल गर्ने भएको छ ।
अध्यक्ष पूनम गुरुङको अध्यक्षतामा आइतबार बसेको बैठकले साेकाे लागि बेलायतमा रहेका नेपालीमूलका तथा गैरनेपाली काउन्सिलर, मेयर, सांसदहरुसित सहकार्य र सम्वाद तथा नेपाली दुताबास लण्डनसित मिलेर पहल गर्ने निर्णय गरेको महासचिव फडिन्द्र भट्टराईले बताए ।
बैठकले यससम्बन्धमा संयोजन गर्न अध्यक्ष गुरुङलाई जिम्मा दिएको छ ।
यस्तै बैठकले एनआरएनए आइसिसीले नेपालमा कोभिड १९ को समस्यामा तत्काल सहयोग पुग्ने गरी १०० थान अक्सिजन कन्सन्ट्रेट मेसिन खरिद गर्न लागेकोमा एनआरएनए युकले ५ लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ ।
नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएकोमा नेपालमा आ-आफ्नो क्षेत्र, समूहलाई सहयोग गर्न एनआरएनए युकेले बेलायतमा रहेका नेपाली समुदायसित अपील गरेको छ । त्यस्तो सहयोगमा समन्वय गर्न चाहेमा एनआरएनए युके स्वास्थ्य विभागमार्फत समन्वय गर्न सकिने पनि बताइएको छ ।
बैठकले नेपालमा कोरोना संक्रमितहरुलाई लक्षीत गरेर बेलायतका चिकित्सकहरुबाट स्वास्थ्य सम्बन्धी चेतना वा परामर्श कार्यक्रम गर्न स्वास्थ्य समितिका संयोजक सुनिल साहलाई जिम्मा दिएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]