लण्डन । एनआरएनए युकेले कोरोना भाइरसविरुद्धको लडाइँमा खोप नै दीर्घकालिन समाधान भएकाले नेपालमा खोप उपलब्ध गराउन बेलायत सरकारसित पहल गर्ने भएको छ ।
अध्यक्ष पूनम गुरुङको अध्यक्षतामा आइतबार बसेको बैठकले साेकाे लागि बेलायतमा रहेका नेपालीमूलका तथा गैरनेपाली काउन्सिलर, मेयर, सांसदहरुसित सहकार्य र सम्वाद तथा नेपाली दुताबास लण्डनसित मिलेर पहल गर्ने निर्णय गरेको महासचिव फडिन्द्र भट्टराईले बताए ।
बैठकले यससम्बन्धमा संयोजन गर्न अध्यक्ष गुरुङलाई जिम्मा दिएको छ ।
यस्तै बैठकले एनआरएनए आइसिसीले नेपालमा कोभिड १९ को समस्यामा तत्काल सहयोग पुग्ने गरी १०० थान अक्सिजन कन्सन्ट्रेट मेसिन खरिद गर्न लागेकोमा एनआरएनए युकले ५ लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ ।
नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएकोमा नेपालमा आ-आफ्नो क्षेत्र, समूहलाई सहयोग गर्न एनआरएनए युकेले बेलायतमा रहेका नेपाली समुदायसित अपील गरेको छ । त्यस्तो सहयोगमा समन्वय गर्न चाहेमा एनआरएनए युके स्वास्थ्य विभागमार्फत समन्वय गर्न सकिने पनि बताइएको छ ।
बैठकले नेपालमा कोरोना संक्रमितहरुलाई लक्षीत गरेर बेलायतका चिकित्सकहरुबाट स्वास्थ्य सम्बन्धी चेतना वा परामर्श कार्यक्रम गर्न स्वास्थ्य समितिका संयोजक सुनिल साहलाई जिम्मा दिएको छ ।
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर
सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
गोरखामा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको उम्मेदवारी फिर्ता
कैलाली-१ का रेशम चौधरीको उम्मेदवारी खारेज
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]