
लन्डन । बेलायतको राजधानी लण्डनभित्रको स्थानीय काउन्सिलमा नेपाली मूलका पूर्व गोरखा सैनिक मेयरमा निर्वाचित भएका छन् ।
पश्चिम लण्डनमा रहेको हाउन्स्लो बरो काउन्सिलको मेयरमा विष्णुबहादुर गुरुङ निर्वाचित भएका हुन् ।
गोरखा सौरपानी फुन्चोक पुर्ख्यौली घर भएका गुरुङ सो काउन्सिलमा दोस्रोपटक काउन्सिलरका रुपमा कार्यरत रहँदै आएका छन् भने उनले यसअघि सोही काउन्सिलको उपमेयरको जिम्मेवारी पनि निर्वाह गरिसकेका छन् । उनी लेबोर पार्टीबाट निर्वाचित काउन्सिलर हुन् ।
उनको कार्यकाल एक वर्षको हुनेछ ।
बेलायतमा लण्डन, म्यानचेष्टर, लिभरपुल, ब्रिष्टोल लगायतका मुख्य शहरहरुमा मेयर शक्तिशाली हुन्छन् भने अन्य स्थानीय काउन्सिलहरुमा मेयरको जिम्मेवारी ‘सेरेमोनियल’ रहने गर्दछ ।
बेलायतमा यसअघि नेपाली मूलका शंकर गैरे र डा जगन्नाथ शर्मा स्थानीय काउन्सिलको मेयरमा निर्वाचित भएका थिए । तर लण्डनभित्रको बरो काउन्सिलहरुमा भने पहिलोपटक नेपाली मूलका मेयर बनेका छन् ।
लण्डनभित्रकै अर्को बरो बार्नेटमा पनि नेपाली मूलका पूर्व गोरखा सैनिक लक्ष्यबहादुर गुरुङ उपमेयर छन् ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार