काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
एकीकृतरुपमा कोरोनाविरुद्ध लड्नु जरुरी रहेको भन्दै माओवादी केन्द्रले स्वास्थ्य सामग्रीको प्रबन्ध गर्न, अग्रमोर्चामा रहेका चिकित्सकलाई विशेष व्यवस्था गर्न आग्रह गर्दै सो पार्टीले निषेधाज्ञाका कारण समस्यामा पर्ने वर्ग तथा समुदायलाई विशेष राहत दिन भनेको छ ।
माओवादी केन्द्रको आज बसेको स्थायी समितिको बैठकले अक्सिजन, आइसियु, भेन्टिलेटर र आइसोलेसन सेन्टर व्यवस्था गर्न स्वास्थ्य सामग्रीको जोहो गरी नागरिकलाई राहतको प्रबन्ध गर्न अनुरोध गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै, माओवादी केन्द्रले अब सबै समितिमा ३५ प्रतिशत महिलाको प्रतिनिधित्व अनिवार्य गरेको छ । यस्तै, दलित समुदायको १५ प्रतिशत र युवाको प्रतिनिधित्व २० प्रतिशत बराबर गर्ने भएको छ । हाल उक्त प्रस्ताव स्थायी कमिटीमा पेश गरिएको र त्यसलाई केन्द्रीय समितिमा लगेर पारित गरिने प्रवक्ता श्रेष्ठको भनाइ छ ।
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत