पोल्याण्ड/प्रवासी नेपाली मञ्च पोल्याण्डले गैरआवासीय नेपाली संघ पोल्याण्डको पंञ्जीकृत सदस्यता शुल्क घटाउन माग गरेको छ। प्रवासी नेपाली मञ्च पोल्याण्डका महासचिव मिनबहादुर पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा संघले तोकेको पंञ्जीकृत सदस्यता शुल्क १००(एक सय)ज्लोती तोकेकोमा गम्भीर आपत्ति रहेको जनाएको छ।
विज्ञप्तिमा अन्य यूरोपको तुलनामा पोल्याण्डको पंञ्जीकृत सदस्यता शुल्क ४ गुणा तोकिनु संघको गैरजिम्मेवारपूर्ण काम हो, सदस्यता शुल्क सम्भव भए निशुल्क नभए पनि अति न्यून शुल्क पुननिर्धारण गरियोस् भन्दै यसका लागि पोल्याण्डमा क्रियाशील सम्पूर्ण संघ संस्था तथा सरोकारवाला पक्षहरूलाई ऐक्यबद्धता जनाइदिन भनिएको छ। सदस्यता शुल्कमा पुनर्विचार हुन्छ:एनआरएनए एनआरएनए पोल्याण्डका महासचिव कविन्द्र सुवेदी पंञ्जीकृत सदस्यता शुल्कको बिषयमा भन्छन् “बिगतका बर्षहरुमा पनि सदस्यता शुल्क १०० ज्लोती नै राखिएकोले अहिले पनि सोही शुल्क कायम गरिएको हो।
अहिलेको महामारीको बेलामा शुल्क बढी पनि भयो होला र अन्य देशको भन्दा केही बढी पनि भयो होला । एनआरएनए पोल्यान्डको चाहाना सके सम्म पोल्याण्डमा रहेका सम्पुर्ण नेपाली लाई संस्थामा जोड्ने हाम्रो प्रयास छ तसर्थ शुल्कको बिषयलाई यथासम्भव छिट्टै पुनर्बिचार गर्नेछौँ यसकोलागि मेरो ब्यक्तिगत अग्रसरता रहनेछ ।” अन्य देशमा कति छ सदस्यता शुल्क? एनआरएनए अस्ट्रियाका अध्यक्ष बिनोद चम्लागाई भन्छन् ” हाम्रो एनआरएनए अस्ट्रियाको अघिल्लो वर्ष पंञ्जीकृत सदस्यता शुल्क १० युरो थियो तर यो पटक ५ युरो छ । हाम्रो त सदस्यता निशुल्क बनाउने अभियान हो तर केन्द्रको विधि अनुसार ५ युरो सदस्यता शुल्क पठाउनु पर्ने भएकोले मात्र हामीले सो शुल्क लिएका हौं।एनआरएनए स्पेनका उपाध्यक्ष उत्तर राई एनआरएनए स्पेनले नविकरण र नयाॅ पंञ्जीकृत सदस्यता शुल्क १० युरो तोकिएको बताए।
यसैगरि सबैभन्दा बढी पंजीकृत सदस्यता भएको एनआरएनए युकेले १० पाउण्ड शुल्क निर्धारण गरेको छ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त