बर्लिन।जर्मनीकी चान्सलर एन्गेला मर्केललाई शुक्रबार कोरोनाभाइरसविरुद्धको खोप लगाइएको छ ।
पहिलो चरणको खोप स्वरुप उहाँलाई अस्ट्राजेनिका खोप लगाइएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।
जर्मनीका स्वास्थ्य अधिकारीहरूले दुई हप्ता अगाडि ६० बर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिले अस्ट्राजेनिका खोप लगाउन मिल्ने सिफारिस गरेका थिए ।
उनीहरूको सिफारिस अनुसार नै आफ्नो सुरक्षा र आम नागरिकलाई खोपप्रति आकर्षण गर्न उहाँले शुक्रबार खोप लगाउनुभएको अधिकारीहरूले जानकारी दिएका छन् ।
“मैले आज कोरोनाभाइरसविरुद्धको पहिलो चरणको अस्ट्राजेनिका खोप लगाएको छु,” सामाजिक सञ्जाल ट्वीटरमा उहाँले शुक्रबार लेख्नु भएको छ ।
चान्सलर मर्केलले हरेक व्यक्तिले यो खोप लगाउनु पर्नेमा पनि जोड दिनुभयो । त्यसका लागि सरकारले खोप अभियान चलाएको उहाँको भनाइ छ ।
खोपले कोरोनाभाइरसको महामारी न्युनिकरण गर्न सहयोग गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । यो खोप हानीकारक रहेको भन्दै केही समय विभिन्न देशहरूले लगाउन छाडेपनि अहिले भने फेरि सुरु गरेका छन् । त्यही शिलशिलामा जर्मनीमा पनि लगाउन थालिएको हो ।
झण्डै १६ बर्षपछि चान्सलरको जिम्मेवारीबाट मुक्त हुन लाग्नुभएकी ६६ बर्षिया मर्केललाई विश्वकै प्रभावशाली नेतृको रूपमा लिइन्छ ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी