लण्डन । गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष भवन भट्टले आध्यात्मिक जागरणको नयाँ जीवन सुरु गरेका छन् ।
ओशो तपोवन नागार्जुन काठमाडौंमा तीन दिने आवासीय शिविर सम्पन्न गरेपछि स्वामी आनन्द अरुणले भट्टलाई दीक्षा दिएका छन् । उनलाई ‘स्वामी आनन्ददेव’ को रुपमा ओशो सन्यासीको नामाकरण गरिएको छ ।
ध्यान साधनाको नयाँ जीवन शुरु गरेका ओशो सन्यासी पुरुषहरुलाई स्वामी र महिलाहरुलाई माँ भनेर सम्बोधन गर्ने गरिन्छ ।
भट्टले योग र ध्यानको प्रयोगबाट आफूलाई रुपान्तरण गर्ने प्रयास केही समय अघिबाट गरेको र अब दीक्षित भएर त्यस मार्गलाई अझ फराकिलो बनाउने प्रयास गरेको बताएका छन् । आफूले विभिन्न कोणबाट जीवनको गहिरो अनुभव संगालिसकेको र अतृप्त चाहना धेरै नभएकोले सन्यासको यात्रा सहज हुने विश्वाश गरेको उनले थपे । रोमान्टिक स्वभावका भट्ट ”हँसिबा खेलिबा धरिबा ध्यानम” ( हाँस्दै खेल्दै ध्यानमा उत्रिनुस ) को कबीर वाणीको धरातलीय यथार्थ ओशोको ध्यान बिधिमा रहेकोले आफूलाई ओशो सन्यासी बन्न प्रेरणा मिलेको बताउँछन् ।
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा विदेशबाट पनि मतदान गर्न मिल्ने
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी