लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले धार्मिक पूजापाठ गर्दै नयाँ वर्ष अर्थात् विक्रम सम्बत् २०७८ साललाई स्वागत गर्ने भएको छ । आउँदो बुधबार दिउँसो २ बजे विक्रम सम्वत २०७८ लाई बौद्ध परम्परामा अत्यन्त महत्व राख्ने आयू पूजाको आयोजना गरी स्वागत गर्न लागिएको हो ।
विश्वभर छरिएर रहेको प्रत्येक मानव जातिको सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायूको कामनासहित गुम्बा परिसरभित्र उक्त आयू पूजासहित दीप प्रज्ज्वलन गर्न लागिएको बीसीसी युकेले जनाएको छ ।
करीब २ घण्टासम्म संचालन हुने उक्त पूजामा भर्चुअल (जुम) रुपमा सहभागी हुन चाहने, दीप प्रज्ज्वलन गर्न चाहने र गुरु दक्षिणा प्रदान गर्न चाहने व्यक्तिले बीसीसीका पदाधिकारी तथा सदस्य वा कार्यालयमा सम्पर्क गर्न बीसीसी युकेले अनुरोध गरेको छ ।
स्मरण रहोस्, आफ्नो भाषा, कला, धर्म र संस्कारको संरक्षण तथा सम्वर्धन गर्दै बौद्ध शिक्षा तथा दर्शनलाई फैलाउने उद्देश्य अनुरुप स्थापना भएको बीसीसी युकेले थुप्रै च्यारिटीमूलक कार्यहरु गर्दै आएको छ । साथै, उक्त पूजाबाट बचत भएको रकम समेत च्यारिटीमूलक कार्यमा खर्च गरिने बीसीसी युकेले जनाएको छ
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?