काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को कोभिड–१९ प्रभावित राहत तथा उद्धार परियोजनालाई उपलब्ध गराइएको आर्थिक सहयोग अपचलन भएको भन्दै उजुरी परेपछि अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को जेनेभास्थित मुख्यालयले छानबिन सुरु गरेको छ ।
आईएलओले आप्रवासी नेपाली रहेको यूएई, कतार, साउदी अरब, मलेसियासहितका ९ मुलुकमा घरफिर्ती, उद्धार र राहतका लागि एनआरएनलाई १० करोड रुपैयाँ सहयोग उपलब्ध गराएको थियो ।
आईएलओका नेपाल निर्देशक रिचार्ड होवार्डले परियोजनाअन्तर्गत यूएईमा केही आर्थिक दुरुपयोग भएको भन्ने उजुरी आएपछि जेनेभास्थित मुख्यालयले छानबिन गरिरहेको जानकारी दिए । ‘आईएलओमा जेनेभास्थित आर्थिक मामिला हेर्ने स्वतन्त्र इकाई अफिस अफ एक्सटर्नल अडिटरले यसबारे रिपोर्ट नदिइकन अहिल्यै केही भन्न सकिँदैन,’ उनले भने ।
गत सेप्टेम्बर पहिलो साता सुरु भएको परियोजनामा एनआरएनको यूएई राष्ट्रिय समितिले गत फेब्रुअरीसम्म गरेको आर्थिक कारोबारमा आशंका देखिएको भन्दै उजुरी परेको हो । यो सूचना बाहिर आउनासाथै एनआरएनएको अन्तर्राष्ट्रिय समिति (आईसीसी) ले सदस्य राजु केसीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । यो समितिले पनि यूएईमा पीडितको उद्धारका नाममा नक्कली बिल राख्नुका साथै खानेकुराको दाम बढाइएको र हवाई टिकट तथा पीसीआर शुल्कमा समेत हिनामिना गरिएको निष्कर्ष निकालेको छ । यूएईमा मात्रै झन्डै २० लाख रुपैयाँको हिनामिना भएको छानबिन समितिले जनाएको छ । विदेशी भूमिमा कुनै श्रमिक अलपत्र पर्दा वा उद्धार–समन्वय काममा आईएलओले काम गर्दै आएकामा उसले पहिलो पटक कोभिड महामारीमा पनि यस्तै समन्वयकारी काम गरेको हो ।
आईएलओ नेपाल निर्देशक होवार्डले मानवीय संकट र आप्रवासी नेपालीले बेहोरेको कठिनाइमा राहत–उद्धारका लागि आईएलओले सहयोग गरेको र यसमा एनआरएनएले सहयोग परिचालनको जिम्मेवारी लिएको बताए । ‘हामीले किस्ताबन्दीका रूपमा आर्थिक सहयोग प्रदान गर्दै आएका छौं, अहिलेसम्म ३ किस्ता रकम पठाइएको छैन । हाम्रो आन्तरिक छानबिनबाट कुनै आर्थिक अपचलन वा हिनामिनाको निक्र्योल आइनसकेकाले बाँकी आर्थिक सहयोग रोक्ने कारण र अवस्था छैन,’ उनले भने । छानबिनमा कुनै त्रुटि पाइए एनआरएनएलाई जिम्मेवार बनाउने गरी रकम क्षतिपूर्ति वा अन्य कारबाही प्रक्रिया अघि बढ्न सक्ने उनले बताए । (इकान्तिपुर)
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ
नेपालको परराष्ट्र मन्त्रालयले भन्यो – ‘पश्चिम एसियाको द्वन्द्वपछि ३० हजार नेपाली स्वदेश फर्किए’
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतको फैसला स्वीकार गर्ने