काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को कोभिड–१९ प्रभावित राहत तथा उद्धार परियोजनालाई उपलब्ध गराइएको आर्थिक सहयोग अपचलन भएको भन्दै उजुरी परेपछि अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को जेनेभास्थित मुख्यालयले छानबिन सुरु गरेको छ ।
आईएलओले आप्रवासी नेपाली रहेको यूएई, कतार, साउदी अरब, मलेसियासहितका ९ मुलुकमा घरफिर्ती, उद्धार र राहतका लागि एनआरएनलाई १० करोड रुपैयाँ सहयोग उपलब्ध गराएको थियो ।
आईएलओका नेपाल निर्देशक रिचार्ड होवार्डले परियोजनाअन्तर्गत यूएईमा केही आर्थिक दुरुपयोग भएको भन्ने उजुरी आएपछि जेनेभास्थित मुख्यालयले छानबिन गरिरहेको जानकारी दिए । ‘आईएलओमा जेनेभास्थित आर्थिक मामिला हेर्ने स्वतन्त्र इकाई अफिस अफ एक्सटर्नल अडिटरले यसबारे रिपोर्ट नदिइकन अहिल्यै केही भन्न सकिँदैन,’ उनले भने ।
गत सेप्टेम्बर पहिलो साता सुरु भएको परियोजनामा एनआरएनको यूएई राष्ट्रिय समितिले गत फेब्रुअरीसम्म गरेको आर्थिक कारोबारमा आशंका देखिएको भन्दै उजुरी परेको हो । यो सूचना बाहिर आउनासाथै एनआरएनएको अन्तर्राष्ट्रिय समिति (आईसीसी) ले सदस्य राजु केसीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । यो समितिले पनि यूएईमा पीडितको उद्धारका नाममा नक्कली बिल राख्नुका साथै खानेकुराको दाम बढाइएको र हवाई टिकट तथा पीसीआर शुल्कमा समेत हिनामिना गरिएको निष्कर्ष निकालेको छ । यूएईमा मात्रै झन्डै २० लाख रुपैयाँको हिनामिना भएको छानबिन समितिले जनाएको छ । विदेशी भूमिमा कुनै श्रमिक अलपत्र पर्दा वा उद्धार–समन्वय काममा आईएलओले काम गर्दै आएकामा उसले पहिलो पटक कोभिड महामारीमा पनि यस्तै समन्वयकारी काम गरेको हो ।
आईएलओ नेपाल निर्देशक होवार्डले मानवीय संकट र आप्रवासी नेपालीले बेहोरेको कठिनाइमा राहत–उद्धारका लागि आईएलओले सहयोग गरेको र यसमा एनआरएनएले सहयोग परिचालनको जिम्मेवारी लिएको बताए । ‘हामीले किस्ताबन्दीका रूपमा आर्थिक सहयोग प्रदान गर्दै आएका छौं, अहिलेसम्म ३ किस्ता रकम पठाइएको छैन । हाम्रो आन्तरिक छानबिनबाट कुनै आर्थिक अपचलन वा हिनामिनाको निक्र्योल आइनसकेकाले बाँकी आर्थिक सहयोग रोक्ने कारण र अवस्था छैन,’ उनले भने । छानबिनमा कुनै त्रुटि पाइए एनआरएनएलाई जिम्मेवार बनाउने गरी रकम क्षतिपूर्ति वा अन्य कारबाही प्रक्रिया अघि बढ्न सक्ने उनले बताए । (इकान्तिपुर)
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी