लण्डन । नेपाली कम्युनिटी नर्दन आयरल्याण्डले कम्युनिटीमा स्वास्थ्यसम्बन्धी चेतना र जागरुकता ल्याउने उद्देश्यले विभिन्न कार्यक्रम अगाडी ल्याएको छ । कम्युनिटीका अध्यक्ष बलबहादुर थापाका अनुसार कोरोना महामारीले प्रत्येक ब्यक्तिका लागि स्वास्थ्य तथा शारीरिक तन्दुरुस्तीको महत्व झन् बढाएकोले कम्युनिटीले पनि सोहीअनुसार स्वास्थ्यसम्बन्धी कार्यक्रम अगाडी बढाएको छ ।
थापाका अनुसार कम्युनिटी हेल्थवाक, करेसाबारी ब्यवस्थापनलगायत कार्यक्रम कम्युनिटीले ल्याएको छ । कम्युनिटीका सचिव पूर्णस्वर कँडेलका अनुसार कम्युनिटीका सदस्यहरुलाई हेल्थ वाकमा प्रोत्साहन गर्न प्रति परिवार एक/ एक ओटा कम्युनिटीको लोगो अंकित टिसर्ट वितरण गरिएको छ भने प्रतिपरिवार एक/एक जोर जुता समेत वितरण गर्ने कार्यक्रम छ । यसैगरी बागबगैंचा तथा करेशाबारीमा प्रोत्साहनका लागि प्रति परिवार दुई/ दुई बोराका दरले कम्पोष्ट मल समेत वितरण गरिएको छ ।
न्याशनल लट्री फण्डको सहुलियतमा सन्चालित हेल्थ कार्यक्रम अन्तर्गत बच्चाहरुलाई शैक्षिक सामाग्री समेत उपलब्ध गराइने कुरा अध्यक्ष थापाले बताउनु भयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’