लण्डन । नेपाली कम्युनिटी नर्दन आयरल्याण्डले कम्युनिटीमा स्वास्थ्यसम्बन्धी चेतना र जागरुकता ल्याउने उद्देश्यले विभिन्न कार्यक्रम अगाडी ल्याएको छ । कम्युनिटीका अध्यक्ष बलबहादुर थापाका अनुसार कोरोना महामारीले प्रत्येक ब्यक्तिका लागि स्वास्थ्य तथा शारीरिक तन्दुरुस्तीको महत्व झन् बढाएकोले कम्युनिटीले पनि सोहीअनुसार स्वास्थ्यसम्बन्धी कार्यक्रम अगाडी बढाएको छ ।
थापाका अनुसार कम्युनिटी हेल्थवाक, करेसाबारी ब्यवस्थापनलगायत कार्यक्रम कम्युनिटीले ल्याएको छ । कम्युनिटीका सचिव पूर्णस्वर कँडेलका अनुसार कम्युनिटीका सदस्यहरुलाई हेल्थ वाकमा प्रोत्साहन गर्न प्रति परिवार एक/ एक ओटा कम्युनिटीको लोगो अंकित टिसर्ट वितरण गरिएको छ भने प्रतिपरिवार एक/एक जोर जुता समेत वितरण गर्ने कार्यक्रम छ । यसैगरी बागबगैंचा तथा करेशाबारीमा प्रोत्साहनका लागि प्रति परिवार दुई/ दुई बोराका दरले कम्पोष्ट मल समेत वितरण गरिएको छ ।
न्याशनल लट्री फण्डको सहुलियतमा सन्चालित हेल्थ कार्यक्रम अन्तर्गत बच्चाहरुलाई शैक्षिक सामाग्री समेत उपलब्ध गराइने कुरा अध्यक्ष थापाले बताउनु भयो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार