लण्डन । नेपाल इन्जिनियर्स एसोसिएसनको युके शाखाका रुपमा रहेको युके केन्द्रको अध्यक्षमा उदीप राई निर्वाचित भएका छन् ।
शाखाको आइतबार सम्पन्न भर्चुअल साधारण सभाले राईको नेतृत्वमा १३ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो ।
शाखाको उपाध्यक्षमा राम राजा रावल, महासचि इन्दु राई, सचिव मिम जुग्जाली, कोषाध्यक्ष पूजा गुरुङ, सहकोषाध्यक्षा नितु शर्मा र सदस्यहरुमा दिपेश राई, सागर गुरुङ, उदेश देवान, ओम थापा, दिवस गुरुङ, अविनाश जोशी र हिमाल गुरुङ रहेका छन् ।
कार्यसमितिमा युवा इन्जिनियरहरु रहेका छन् भने ४० प्रतिशत महिलाहरुको सहभागिता छ ।
एसोसिएसनले इन्जिनियरहरुलाई सन्जाल बनाउनका मन्च प्रदान गर्ने, विद्यार्थी इन्जिनियरहरुलाई सघाउने र बेलायतमा रहेका अन्य नेपाली संघसंस्थाहरुसित मिलेर काम गर्ने लक्ष्य राखेको नवनिर्वाचित अध्यक्ष राईले वीनेपालीलाई बताए ।
नवनिर्वाचित समितिलाई सो केन्द्रका संस्थापक अध्यक्ष तथा गैरआवासीय नेपाली संघ युकेका कोषाध्यक्ष तेजेन्द्र रोकामगरले सपथ गराएका थिए ।
नेपालमा रहेको नेपाल इन्जिनियर्स एसोसिएसनकाे शाखाका रुपमा केही वर्षदेखि सो केन्द्र बेलायतमा कार्यरत रहँदै आएको छ ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ