यूरोप- नेपाल पत्रकार महासंघ यूरोप शाखाको चौथो अधिवेशन आगामी फागुन ८ गते(फेब्रुअरी २०) मा हुने भएको छ ।बिहीबार शाखाका अध्यक्ष केजिन राईको अध्यक्षतामा सम्पन्न बैठकले अधिवेशन गर्ने निर्णय गरेको छ।
अधिवेशन सम्पन्न गर्न राजकुमार दिक्पालको संयोजकत्वमा शाखाका सल्लाहकारद्वय पुष्प बरुवाल,पञ्चम अधिकारी र दिलनिशानी मगर सदस्य रहेको अनुगमन तथा सुझाव, दोर्ण रिजालको संयोजकत्वमा सांगठनिक प्रतिवेदन लेखन, वाइबी गुरुङ्गको संयोजकत्वमा प्रेम परियार, महिन्दो वाइवा, प्रेम पोमु, इन्दिरा चाम्लिङ,गोमा खरेल,बिरमान मगर सदस्य रहेको व्यवस्थापन, महेश खातीको संयोजकत्वमा शेरबहादुर परियार,दिपेन्द्र गजुरेल,दिनेश गौतम,कलश खरेल सदस्य रहेको प्रचार प्रसार, तेजबहादुर नेपालीको संयोजकत्वमा आर्थिक प्रतिवेदन लेखन यसैगरी रबिचन्द्र भट्टराईको संयोजकत्वमा प्राबिधिक, राजकुमार थापाको संयोजकत्वमा अतिथि समन्वय र व्यवस्थापन,सरला कट्टेलको संयोजकत्वमा अतिथि सत्कार उपसमिति निर्माण गरेको शाखाका अध्यक्ष केजिन राईले जानकारी दिए।
अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि यूरोपमा रहेका सम्पूर्ण संघसंस्थाहरुको नैतिक सहयोगको अपेक्षा गरेको अध्यक्ष राईले बताए। जुम प्रविधिको माध्यमबाट हुने अधिवेशनले यूरोप शाखामा आगामी तीन वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।अधिवेशन सम्पन्न गर्नका लागि नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले पत्रकार चिरन शर्मालाई केन्द्रिय प्रतिनिधि तोकेको छ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल