काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । आफू कोरोनाबाट सङ्क्रमित भएको उहाँले केही बेर अघि सामाजिक सञ्जालमार्फत् जानकारी गराउनुभएको हो ।
पूर्व कप्तान खड्काले आज बिहान पीसीआर परीक्षण गराउनु भएको हो । आजै उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । पूर्व कप्तान खड्का शनिबारदेखि चितवनमा सञ्चालन हुने गौतम वुद्ध कप क्रिकेट प्रतियोगिताको तयारीमा रहनुभएको थियो । कोरोना पुष्टि भएपछि उहाँले उक्त प्रतियोगिता गुमाउने अवस्था बनेको छ । हाल उहाँ चिकित्सकको सल्लाहअनुसार होम आइसोलेशनमा बस्नुभएको छ ।
उहाँले आफ्नो श्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउनुभएको छ । यसअघि नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, उपकप्तान दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र बसन्त रेग्मी कोरोना भाइरसबाट सङ्क्रमित भइसक्नुभएको छ । उहाँहरु क्रिकेटको बन्द प्रशिक्षणकै क्रममा सङ्क्रमित हुनुभएको हो ।
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल