लण्डन । ओैषधि निर्माता कम्पनी पिफाइजरका प्रमुख कार्यकारी अधिकृत अल्वर्ट बोर्लाले यसैवर्षको अन्त्यसम्ममा अमेरिकी नागरिकहरुलाई कोरोना भाइरसविरुद्ध खोप दिलाउन सक्ने सम्भावना व्यक्त गरेका छन् ।
एनबीसीका अनुसार ओैषधि निर्माता कम्पनीले बृहत परीक्षणबाट प्राप्त गरेको तथ्यांक अक्टोबर महिनाको अन्त्यसम्ममा प्राप्त हुने र फुड एण्ड ड्रग एडमिनिष्ट्रेसन (एफडीए) ले अनुमति दिए पीफाइजर करोडौँ प्रति ओैषधि उत्पादन गर्न तत्पर रहेको उनले बताएका छन् ।
महामारीका कारण अमेरिकी स्वास्थ्य अधिकारीहरु र ओैषधि निर्माताहरुले खोप उत्पादन प्रक्रियालाई द्रुत बनाएका छन् ।
पीफाइजरले ओैषधि निर्माणमा जर्मन ओैषधि निर्माता बायोनटेकसित सहकार्य गरेको छ ।
पीफाइजरले हालसम्ममा साढे १ बिलियन डलर लगानी गरिसकेको बोर्लाले बताएका छन् ।
पीफाइजर कोरोनाविरुद्ध खोप बनाउन अग्रपंक्तिमा रहेका तीन कम्पनीहरुमध्ये एक हो । पीफाइजरसँगै मोडर्ना र आष्ट्राजेन्का पिन अग्रपंक्तिमा छन् ।
शनिबार मात्र पीफाइजरले ३० हजारबाट ४४ हजार जनामा परीक्षण विस्तारका लागि एफडीएमा प्रस्ताव पेश गरेको छ ।
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
सीएनसीबीजीको ग्रान्ड च्यारिटी डिनर नाइट सम्पन्न
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण