लण्डन । बेलायतमा पक्राउपछि हाल धरौटीमा रहेका नेपाली सेनाका कर्णेल कुमार लामामाथि नेपालमा द्वन्द्वकालमा बन्दीहरुलाई यातना दिन आदेश दिएको आरोप लगाइएको छ ।
लण्डनको सेन्ट्रल क्रिमिनल कोर्ट, ओल्ड बेलीमा भइरहेको सुनुवाईमा विपक्षी वकिल ववि चीमाले लामाले माओवादीको आशंकामा पक्राउ परेका जनक राउत र करम हुस्सैनलाई यातना दिन लगाएको अभियोग लगाइन् ।
बीबीसीका अनुसार पेशाले स्वास्थ्यकर्मी राउत त्यतिबेला स्थानीय निजी हेल्थपोष्टमा कार्यरत रहेको र माओवादी नरहेको जिकिर चीमाले गरिन् । राउतलाई लामा प्रमुख रहेको कपिलवस्तुको गोरुसिंगे ब्यारेकमा लगिएको र जंगलमा लगेर सेनाले यातना दिएको आरोप लगाइएको छ ।
‘कर्णेल लामाले जवानहरुलाई राउतलाई पिट्नका लागि फलामको रड, फरुवा (माटो खन्ने) र लठ्ठी ल्याउन लगाएका थिए । राउतलाई हत्कडी लगाएर, आँखामा पट्टि बाँधेर घोप्टो पारियो अनि जवानहरुले लठ्ठी र लात्ताले पिटे’ वकिल चीमाले अदालतमा भनिन् ।
‘राउतलाई यति पिटियो कि लठ्ठी भाँचिन्थ्यो र नयाँ लठ्ठी लिइन्थ्यो’ उनले अगाडि भनिन् ।
जब तत्कालिन राजा ज्ञानेन्द्रले संकटकालको अन्त्य भएको घोषणा गरे त्यसपछि राउतलाई धरौटीमा रिहा गरियो ।
अर्का पीडित हुस्सैन माओवादीप्रति सहानुभूति राख्थे । उनलाई समूहमा गिरफ्तार गरियो र आंखामा पट्टि बाँधेर गोरुसिंघे ब्यारेकमा लगियो ।
त्यहाँ लामाले उनीहरुलाई मार्न आदेश दिएका थिए ।
उनलाई जंगलमा पिटियो र भनियो, ‘अब जाऔँ, आज हामी तालाई मार्दैनौँ शायद केही दिनमा मार्छौँ ।’
नेपाली सेनाका कर्णेल ४७ वर्षीय लामा परिवार भेट्न युके आउँदा सन् २०१३ जनवरी ३ मा पक्राउ परेका थिए ।
पक्राउ पर्दा उनी संयुक्त राष्ट्रसंघीय मिसन सुडानमा कार्यरत थिए ।
बेलायतको आवासीय अधिकार लिएका लामामाथि सन् २००५ मा कपिलवस्तु र रुपन्देहीको सिमानामा रहेको गोरुसिंगे ब्यारेकमा प्रमुख रहँदा माओवादीको आरोपमा थुनिएकाहरुलाई यातना दिएको आरोप छ ।
यातना विरुद्ध संयुक्त राष्ट्रसंघीय महासन्धिका कारण लामालाई युकेमा मुद्दा चलाइएको हो ।
आफूमाथि लगाइएको आरोपलाई उनले अस्वीकार गर्दै आएका छन् ।
सुनुवाई जारी छ ।
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग