लन्डन । साता दिनको निजी भ्रमणमा लन्डन आएका नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का बुधवार सांझ लन्डनमा आयोजित एउटा च्यारिटी डिनरमा सहभागी भए । एनआरएनए यूके युथ काउन्सिलले सडवरी हिल, लन्डनमा आयोजना गरेको च्यारिटीमा खड्का आकर्षणका केन्द्र बने । च्यारिटी र सामाजिक कार्य भनेपछि नाक खुम्च्याउने तन्नेरी समेत उक्त कार्यक्रममा आएर तस्विर खिचाउन व्यस्त थिए ।
च्यारिटी डिनर कार्यक्रम नेपालका खेलाडीहरुको सहयोगार्थ भएको हो । युथ काउन्सिलकी संयोजक श्रद्धा गुरुङले च्यारिटीबाट सातसय पाउण्ड बढि संकलन भएको जनाइन् ।
कार्यक्रम अन्तरक्रियात्मक बनेको थियो, सहभागीले क्रिकेटर पारससंग प्रत्यक्ष जिज्ञासा राखेका थिए । एनआरएनए यूके युथ एड्भाइजर चण्द्रिका गुरुङले सबै सामु अन्तर्वार्ता समेत लिएकी थिइन् । पारसले क्रिकेट खेलमा आफ्नो पाइला कसरी बढ्यो ? अण्डर १५, अण्डर १९ देखि राष्टिय टिम कप्तानसम्म हुन सफल भएकोबारे सहभागीलाई बताए । उनले हालै सम्पन्न विश्व कपमा पुग्न सामना गर्नुपरेको संघर्ष पनि दर्शकलाई सुनाए । स्वदेश तथा विदेशमा रहेका नेपालीले म्याच अवधिभर आफूहरुलाई दिएको माया, हौसला र समर्थनप्रति उनी ज्यादै कृतज्ञ थिए ।
उक्त अवसरमा पारसले विश्व कपमा लगाएको पञ्जा, नेपाल प्रिमियर लिग जर्सी, नेपाल क्रिकेट टिमले यात्रामा लगाएको पोलो टिसर्ट, आइसीसी टेष्ट सिरिज टिसर्ट अक्सनमा राखिएको थियो । च्यारिटीमा युथ काउन्सिल कोअर्डिनेटर श्रद्धा गुरुङले कप्तान पारसलाई मायाको चिनो स्वरुप चांदीको विकेट आकृति प्रदान गरिन् ।
भोलि १५ अगष्ट स्वदेश फर्कन लागेका पारसले लन्डन भ्रमणका क्रममा नेपाली खेलाडी र क्रिकेट खेल विकासका लागि विभिन्न बेलायती क्लव पदाधिकारीसंग भेट गरेका थिए । नेपाल सरकारले गरेन भनेर उसको आलोचना वा मुख मात्र ताक्नु भन्दा आ आफ्नै पहलबाट खेल विकास सम्भव छ भन्ने आत्मविश्वास उनमा छ । खड्काकै पहलमा नेपालका खेलाडीहरुको हित र क्षमता अभिवृद्धिका लागि नेपाल क्रिकेट प्लेयर्स एसोसिएसन दर्ता गर्ने तयारी भइरहेको छ ।
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा तमु धीं, तमु समाज, बीसीसी यूकेलगायत संस्था ल्होछार मनाउँदै, कहिले, के छन् कार्यक्रम ?
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श