न्युजिल्याण्ड । नेपालीहरुको अतिकम बसोबास भएको र नेपालदेखि धेरै टाढा रहेको न्युजिल्यान्डमा हालै नेपाली काँग्रेसको भातृ संस्था नेपाली जनसम्पर्क समिति न्युजिल्यान्ड गठन गरिएको छ ।
नेपाल आयुर्बेद चिकित्सक संघका राष्ट्रिय अध्यक्ष डा शंकरप्रसाद पौडेलको उपस्थिति र बुद्धिसागर घिमिरेको संयोजकत्वमा गठित ११ सदस्सीय तदर्थ समितिको उपाध्यक्षमा एनपी नेपाल र ध्रुव खनाल कोषाध्यक्षमा श्रीमती अनिता बराल र सचिवमा अभय पौडेल तथा सदस्यहरुमा प्रकाश श्रेष्ठ, विवेक भण्डारी, सन्तोष दाहाल, दिपेन्द्र घिमिरे, श्रीमती साधना घिमिरे र गोकुल भण्डारी रहेका छन् ।
त्यस्तै सल्लाकार समितिमा कमल वाइबा, बिष्णु रेग्मी, सुमन अधिकारी, नेत्र सापकोटा, शुभास भण्डारी रहेका छन्। सो अवसरमा बोल्दै डा पौडेलले नेपालको राजनीतिक परिस्थिति र नेताहरुको चरित्र संगठन विस्तारमा आइपर्ने अप्ठ्याराहरुको बारेमा चर्चा गर्दै झिना मसिना कुराहरुलाई बिर्सेर संगठन बिस्तारमा लाग्नुपर्नेमा जोड दिए ।
संयोजक घिमिरेले प्रतिकुल स्वास्थको बाबजुद पनि आफ्नो निमंत्रणा स्विकारी आइदिनुभएकोमा पौडेल दम्पतिप्रति आभार ब्यक्त गर्दै उपस्थित महानुभावलाई धन्यवाद दिएका थिए ।
सचिव अभय पौडेलले देश संक्रमणकालिन अबस्थामा रहेको र एउटा व्यवस्थाबाट अर्को स्थापित भइ नसकेको समयमा नेताहरुलाई गलत बाटोमा हिड्नबाट सजग गराउनमा युवाहरुको भूमिका रहेको बताए ।
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई