काठमाडौं। एक नेपालीसहित दुई ब्रिटिस गोर्खा सैनिकले ‘आर्टिक सर्कल’ छिटो समयमा यात्रा पुरा गरि कीर्तिमान बनाउने घोषणा गरेका छन्।
गोर्खा राइफल्सको दोस्रो बटालियनमा कार्यरत बेलायती अधिकृत जोन आर्मस्ट्ङ र ताप्लेजुङका कर्पोरल अर्जुन लिम्बुले कीर्तिमानका लागि आर्टिक सर्कलको यात्रा मेबाट शुरु हुने बताएका छन्।
१ हजार ५ सय माइलको यो दुरी दुवैले एक सय दिनभित्रै सम्पन्न गर्ने गरी तयारी शुरु भएको सो अभियानलाई उद्धृत गर्दै बेलायती सञ्चार माध्यमहरुले जनाएका छन् । क्यानाडियन आइल्यान्ड अफ इल्लेमेरको छिटो भ्रमणको कीर्तिमान दुई अमेरिकीको नाममा छ।
उनीहरुले सन् २०११ मा १ सय ४ दिन लगाएर सो सर्कलको यात्रा पूरा गरेका थिए। ‘हाम्रो लक्ष्य एक सयदिनभन्दा कम समयमा यात्रा पूरा गर्ने रहेको छ’ बेलायती सञ्चार माध्यमहरुलाई उनीहरुले भनेका छन्, ‘वास्तवमा भन्ने हो भने यो तयारीका लागि छोटो अवधि हो ।’ यसअघि एक टोलीले मात्रै सर्कलको यात्रा पूरा गरेको छ।
गर्मी याम शुरु भएपनि सो स्थानको मौसम माइनस १० देखि १५ को बीचमा हुने छ। १ सय २० किलो सामग्रीसहित रहने उनीहरुसँग ३० किलोको कायाक हुनेछ। कायाकमा उनीहरुले प्रतिघण्टा ६ माइलको यात्रा हुने अपेक्षा गरेका छन्। ‘धेरै बरफ नजमेको अवस्थामा मात्रै त्यस्तो हुनेछ’ उनीहरुले भनेका छन्। यात्राको क्रममा उनीहरुले स्की, पर्वतारोहण र कायाक तीन वटा माध्यमबाट गर्नेछन्।
कीर्तिमानधारी व्यक्तिहरुले यात्राको बारेमा अर्मस्ट्रोङ र लिम्बुलाई सघाएका छन्। कीर्तिमानधारी जोन ट्रुक उनीहरुलाई सहयोगीको टिममा छन्। अहिलेसम्म एउटा मात्रै टोलीले सो यो दुरी तय गरेको छ। उनीहरुले बेलायती सेनामा गोर्खालीहरु सहभागिताको दुई सय वर्ष पुगेको अवसरमा अभियान शुरु गरेको बताएका छन्। 
उनीहरुले यो अभियानबाट ताप्लेजुङमा खानेपानी र सरसफाइका लागि गोर्खा वेलफेयर ट्रष्टबाट खर्चिने गरी ३० हजार पाउन्ड उठाउने लक्ष्य राखेका छन्। बेलायती सैनिकमा रहेर अफगानिस्तान र इराकमा तैनाथ भैसकेका ३४ वर्षे लिम्बुको गृह जिल्ला ताप्लेजुङ हो। सो अभियनका लागि उनीहरुको तालिम नर्वे, फ्रान्स र वेल्समा भएको छ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी