लण्डन । बेलायतले ब्रुनाइमा थप पांच वर्ष आफ्नो सेना राख्न दिने भएको छ ।
बेलायत भ्रमणमा आएका ब्रुनाइका सुल्तानसितको भेटमा बेलायतका प्रधानमन्त्री डेविड क्यामरुनले सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
दक्षिण एसियामा बेलायती सेनाको स्थायी उपस्थितिलाई कायम राख्न बेलायतले थप पांच वर्ष ब्रुनाइमा बेलायती सेना राख्ने भएको बेलायती प्रधानमन्त्रीको कार्यालयले बताएको छ ।
प्रधानमन्त्री क्यामरुन र ब्रुनाइका सुल्तान हसनल बोल्कियाबीच प्रधानमन्त्री निवासमा वार्ता भएको द टेलिग्राफले जनाएको छ ।
ब्रुनाइमा बेलायती सेना रहँदा उनीहरुलाई कठिन वातावरणमा तालिमको सुविधा पनि उपलब्ध हुने प्रधानमन्त्री कार्यालयले प्रष्ट्याएको छ ।
भेटपछि प्रधानमन्त्री कार्यालयकी प्रवक्ताले भनेकी छिन्, ‘प्रधानमन्त्रीले ब्रुनाइका सुल्तानलाई आफ्नो निवासमा स्वागत गर्नुभयो । उहाँहरुबीच लामो समयदेखि ब्रुनाइमा कायम रहेको बेलायती सेनाको स्टेसनलाई थप पाँच वर्षका लागि नविकरण गर्ने सहमति भएको छ’ उनले भनिन् ।
‘प्रधानमन्त्रीले जोड दिनुभएको छ कि सो ग्यारिजनले दक्षिण एसियामा युकेको सेनाको स्थायी उपस्थिति कायम राख्न र बेलायती सेनालाई अति कठिन वातावरणमा तालिम लिने वातावरण प्रदान गर्नेछ’ उनले अगाडि थपिन् ।
सन् १९६२ देखि ब्रुनाइमा बेलायती सेनाको टुकडी रहँदै आएको छ ।
हालमा करिब २ हजार बेलायती सेना त्यहाँ रहेको बताइएको छ ।
बोर्नियोको सन् १९८४ को स्वतन्त्रतापछि बेलायतले ब्रुनाइमा इन्फेन्ट्री स्टेसन राख्न मञ्जुर गरेको हो । सोअनुसार हरेक पाँच वर्षमा सहमति नविकरण गर्नुपर्ने हुन्छ ।
अहिले ब्रुनाइमा रहेको टुकडीमा फस्ट बटालियन, रोयल गोरखा राइफल्स, ट्रेनिङ टीम ब्रुनाइ छन् । जसले बेलायती सेना र ब्रुनाइको सशस्त्र बललाई तालिम पनि दिने गरेको छ ।
क्यामरुनले भेटका अवसरमा अतिवादी इस्लामिक समूहहरुसितको लडाइँका बारेमा पनि छलफल गरेका थिए ।
ब्रुनाइमा बेलायती सेनाको टुकडीमा गोरखाहरु स्थापनाकालदेखि नै रहँदै आएका छन् । तर ब्रुनाइ सरकारले बेलायत सरकारलाई प्रति सिपाही कति तलव दिन्छ र गोरखाहरुलाई कति दिइन्छ भन्ने बारेमा खुलस्त हुन सकेको छैन् ।
गोरखाहरुले त्यहाँ पनि चरम आर्थिक शोषण हुने गरेको आरोप लगाउने गरेका छन् ।
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य