लण्डन । बेलायतले ब्रुनाइमा थप पांच वर्ष आफ्नो सेना राख्न दिने भएको छ ।
बेलायत भ्रमणमा आएका ब्रुनाइका सुल्तानसितको भेटमा बेलायतका प्रधानमन्त्री डेविड क्यामरुनले सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
दक्षिण एसियामा बेलायती सेनाको स्थायी उपस्थितिलाई कायम राख्न बेलायतले थप पांच वर्ष ब्रुनाइमा बेलायती सेना राख्ने भएको बेलायती प्रधानमन्त्रीको कार्यालयले बताएको छ ।
प्रधानमन्त्री क्यामरुन र ब्रुनाइका सुल्तान हसनल बोल्कियाबीच प्रधानमन्त्री निवासमा वार्ता भएको द टेलिग्राफले जनाएको छ ।
ब्रुनाइमा बेलायती सेना रहँदा उनीहरुलाई कठिन वातावरणमा तालिमको सुविधा पनि उपलब्ध हुने प्रधानमन्त्री कार्यालयले प्रष्ट्याएको छ ।
भेटपछि प्रधानमन्त्री कार्यालयकी प्रवक्ताले भनेकी छिन्, ‘प्रधानमन्त्रीले ब्रुनाइका सुल्तानलाई आफ्नो निवासमा स्वागत गर्नुभयो । उहाँहरुबीच लामो समयदेखि ब्रुनाइमा कायम रहेको बेलायती सेनाको स्टेसनलाई थप पाँच वर्षका लागि नविकरण गर्ने सहमति भएको छ’ उनले भनिन् ।
‘प्रधानमन्त्रीले जोड दिनुभएको छ कि सो ग्यारिजनले दक्षिण एसियामा युकेको सेनाको स्थायी उपस्थिति कायम राख्न र बेलायती सेनालाई अति कठिन वातावरणमा तालिम लिने वातावरण प्रदान गर्नेछ’ उनले अगाडि थपिन् ।
सन् १९६२ देखि ब्रुनाइमा बेलायती सेनाको टुकडी रहँदै आएको छ ।
हालमा करिब २ हजार बेलायती सेना त्यहाँ रहेको बताइएको छ ।
बोर्नियोको सन् १९८४ को स्वतन्त्रतापछि बेलायतले ब्रुनाइमा इन्फेन्ट्री स्टेसन राख्न मञ्जुर गरेको हो । सोअनुसार हरेक पाँच वर्षमा सहमति नविकरण गर्नुपर्ने हुन्छ ।
अहिले ब्रुनाइमा रहेको टुकडीमा फस्ट बटालियन, रोयल गोरखा राइफल्स, ट्रेनिङ टीम ब्रुनाइ छन् । जसले बेलायती सेना र ब्रुनाइको सशस्त्र बललाई तालिम पनि दिने गरेको छ ।
क्यामरुनले भेटका अवसरमा अतिवादी इस्लामिक समूहहरुसितको लडाइँका बारेमा पनि छलफल गरेका थिए ।
ब्रुनाइमा बेलायती सेनाको टुकडीमा गोरखाहरु स्थापनाकालदेखि नै रहँदै आएका छन् । तर ब्रुनाइ सरकारले बेलायत सरकारलाई प्रति सिपाही कति तलव दिन्छ र गोरखाहरुलाई कति दिइन्छ भन्ने बारेमा खुलस्त हुन सकेको छैन् ।
गोरखाहरुले त्यहाँ पनि चरम आर्थिक शोषण हुने गरेको आरोप लगाउने गरेका छन् ।
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार