लण्डन । बहराइन मनामास्थितस्थित नेपाली दुतावासले कोरोना संक्रमण (कोभिड -१९) बाट विश्वभर मृत्यु हुने नेपाली र कोरोना संक्रमित व्यक्तिको बारेमा गैरआवासीय नेपाली संघले सार्वजनिक गर्दै आएको तथ्यांक ‘भ्रामक’ भएको बताएको छ ।
एनआरएनए आईसीसीको स्वास्थ्य समितिले सार्वजनिक गरेको कोरोना रिपोर्टमा तथ्यहीन तथ्यांक प्रस्तुत गरी सार्वजनिक गरेको भन्दै बहराइन मनामास्थित नेपाली राजदूतावासले आइतबार प्रेस विज्ञप्ति जारी गरेरै खन्डन गरेको हो । अन्य कारणले मृत्यु भएका ती व्यक्तिहरुलाई कोभिड-१९ बाट निधन भएको भनेर भ्रामक समाचार सम्प्रेषण गरिएकोप्रति दुतावासले आपत्ति जनाएको छ ।
कोरोना संक्रमणवाट उत्पन्न यस असहज अवस्थामा एनआरएनए जस्तो गरिमामय संस्थाले भ्रामक समाचारहरू संप्रेषण हुँदा मानसिक पीडा परेको दुतावासले उल्लेख गरेको छ । दूतावासले कुनै पनि संघ संस्थाबाट यस प्रकारका अपुष्ट तथा जनसमुदायमा भ्रम प्रसार हुने अशोभनीय सूचना सम्प्रेषण नगर्न सचेत समेत गराएको छ ।एनआरएनए स्वास्थ्य समितिका अध्यक्ष डा. संजीव सापकोेटाले अमेरिकाबाट विश्वभरका नेपालीहरुको कोरोना संक्रमणबाट मृत्यु र कोरोना संक्रमित संख्या बारेमा दैनिक तथ्यांक सार्वजनिक गरिरहेका छन् । सनिवार साँझसम्म डा. सापकोटाद्वारा जारी विज्ञप्तिमा बहराईनमा ‘तीन जनाको कोरोना संक्रमणका कारण निधन भएको समाचार सार्वजनिक गरिएको थियो । उक्त विज्ञप्तिलाई आधार मान्दै नेपाली मिडियाहरुले बहराइनमा तीन नेपालीको कोरोनाबाट मृत्यु भएको समाचार सम्प्रेषण गरेका थिए । दुताबासले जारी गरेको विज्ञप्तिमा ‘कोरोना संक्रमणकै कारण कुनै नेपालीको बहराइनमा निधन नभएको यस राजदूतावास स्पष्ट पार्दछ’ भनिएको छ ।
दुतावासले बहराइनी निकायबाट जारी सूचनालाई नै चुनौती दिने गरी नेपाली कामदारहरूको हकहित प्रवर्द्धन हेतु सञ्चालित संघ र संस्थाबाट भविष्यमा गलत सूचना प्रवाह नहोस् भन्नेतर्फ ध्यान दिन अनुरोध समेत गरेको छ ।
विश्वभर रहेका नेपालीहरुका बारेमा एनआरएनएले दिएको तथ्यांक आधारहीन भएको गुनासो डायस्पोराका नेपालीहरुले यसअघि नै गर्दै आएका छन् । विदेशमा रहेका नेपालीहरुका बारेमा तथ्यांक दिने आधिकारिक निकाय नभएकाले नेपाली मिडियाहरुले एनआरएनएको रिपोर्टलाई नै प्राथमिकताका साथ समाचारमा समेट्न बाध्य छन् ।
यसरी दुताबासबाट नै आधिकारिक रुपमा एनआरएनको नामै किटान गरेर विज्ञप्ति जारी हुनुले एनआरएनएले जारी गरेको पूरा रिपोर्टमाथि नै आशंका उत्पन्न गरेको छ । यसअघि बेलायतमा कोरोना संक्रमितको संख्याका बारेमा पनि हचुवाका भरमा रिपोर्ट बनाइएको आरोप एनआरएनएमाथि लागेको थियो ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा