लन्डन । हिन्दूहरुको महान पर्व महाशिवरात्री मंगलबार लन्डनमा समेत मनाइएको छ । विश्व हिन्दू महासंघ यूके च्याप्टरले साउथहल राम मन्दिरमा महाशिवरात्री कार्यक्रम गरेको हो ।
नेपाली तथा भारतीय भक्तजनहरुको उल्लेख्य भीडबीच भजन किर्तन, शिव महिमा र होम गरिएको महासंघका सल्लाहकार धु्रव केसीले जनाए । नेपाली पण्डित गोविन्द नेपालले भजन किर्तन र होम गरेका थिए भने होममा डा. विनोदबाबु ढुंगाना दम्पत्ति सरिक भए ।
उपस्थित भक्तजनहरुलाई प्रसाद समेत वितरण गरिएको थियो ।
कार्यक्रममा इलिङ तथा साउथहल एमपी वीरेन्द्र शर्मा, महासंघका सल्लाहकार ध्रुब केसी, महासचिव वालमुकुन्दप्रसाद जोशी, फोटो पत्रकार एभरेष्ट गौतम, रेडियोकर्मीहरु रन्जित बस्नेत, मिलन शर्मा लगायत नेपाली र भारतीय हिन्दू धर्मावलम्वी उपस्थित थिए ।
उता, साउथ इष्ट लन्डनको प्लमस्टिडमा अवस्थित पशुपतिनाथ मन्दिरमा समेत शिवरात्री मनाइएको पत्रकार फडिन्द्र भट्टराईले जनाएका छन् । पण्डितद्वय निलहरी घिमिरे र विनोद पन्थीद्वारा रुद्राभिषेकसहितको पूजा गरिएपछि दिनभर नै पूजाआजा गरिएको थियो । बीचबीचमा शिव महिमासहित भजन कीर्तन समेत गरिएको थियो । मन्दिर सञ्चालक समितिका अध्यक्ष होम शर्माले विहान ७ देखि राती अवेरसम्म भक्तजनहरु भजन कीर्तनमा रमेको जनाए । उक्त मन्दिरमा स्थायी पूजारी नियुक्त गरि दैनिक पूजा हुंदै आएको छ ।
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण