लन्डन । हिन्दूहरुको महान पर्व महाशिवरात्री मंगलबार लन्डनमा समेत मनाइएको छ । विश्व हिन्दू महासंघ यूके च्याप्टरले साउथहल राम मन्दिरमा महाशिवरात्री कार्यक्रम गरेको हो ।
नेपाली तथा भारतीय भक्तजनहरुको उल्लेख्य भीडबीच भजन किर्तन, शिव महिमा र होम गरिएको महासंघका सल्लाहकार धु्रव केसीले जनाए । नेपाली पण्डित गोविन्द नेपालले भजन किर्तन र होम गरेका थिए भने होममा डा. विनोदबाबु ढुंगाना दम्पत्ति सरिक भए ।
उपस्थित भक्तजनहरुलाई प्रसाद समेत वितरण गरिएको थियो ।
कार्यक्रममा इलिङ तथा साउथहल एमपी वीरेन्द्र शर्मा, महासंघका सल्लाहकार ध्रुब केसी, महासचिव वालमुकुन्दप्रसाद जोशी, फोटो पत्रकार एभरेष्ट गौतम, रेडियोकर्मीहरु रन्जित बस्नेत, मिलन शर्मा लगायत नेपाली र भारतीय हिन्दू धर्मावलम्वी उपस्थित थिए ।
उता, साउथ इष्ट लन्डनको प्लमस्टिडमा अवस्थित पशुपतिनाथ मन्दिरमा समेत शिवरात्री मनाइएको पत्रकार फडिन्द्र भट्टराईले जनाएका छन् । पण्डितद्वय निलहरी घिमिरे र विनोद पन्थीद्वारा रुद्राभिषेकसहितको पूजा गरिएपछि दिनभर नै पूजाआजा गरिएको थियो । बीचबीचमा शिव महिमासहित भजन कीर्तन समेत गरिएको थियो । मन्दिर सञ्चालक समितिका अध्यक्ष होम शर्माले विहान ७ देखि राती अवेरसम्म भक्तजनहरु भजन कीर्तनमा रमेको जनाए । उक्त मन्दिरमा स्थायी पूजारी नियुक्त गरि दैनिक पूजा हुंदै आएको छ ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]