काठमाडौँ । कोरोना भाइरसका कारण वैदेशिक रोजगारीमा रहेका १० जना नेपाली श्रमिकले ज्यान गुमाएका छन् ।
वैदेशिक रोजगार बोर्डका अनुसार वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा गएकामध्ये नेपाल सरकारले लकडाउन सुरु गरेदेखि २०७ जना श्रमिकको विदेशमा मृत्यु भएको छ र जसमा १० जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ।
बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार हालसम्ममा संयुक्त अरब इमिरेट्स (यूएई)मा पाँच जना, साउदी अरेबियामा तीन जना, कतार र टर्कीमा एक/एक जना गरी १० जनाको कोभिड १९ कारण ज्यान गएको हो ।
कार्यकारी निर्देशक श्रेष्ठले कोभिड १९ कारण ज्यान गुमाएका सबैको परिवारसँग सहमति लिएर सम्बन्धित देशमा नै शवको अन्त्येष्टि गरिएको जानकारी दिए ।
कोभिडका कारण देश लकडाउनमा गएपछि विदेशमा ज्यान गएका नेपालीको शव अहिलेलाई नेपाल ल्याउन सम्भव छैन । अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै कोभिडका कारण ज्यान गुमाउनेको शव नेपाल ल्याउन कठिन हुने र गन्तव्य देशले पनि नदिने भएकाले गन्तव्य देशमै अन्त्येष्टि गर्नुको विकल्प नरहेको श्रेष्ठले बताए ।
बन्दाबन्दीले विदेशमा १९७ शव अलपत्र
बोर्डका अनुसार कोरोना भाइरसका कारण बन्दाबन्दीले गर्दा अन्तर्राष्ट्रिय उडान बन्द हुँदा १९७ जनाको शव उतै रोकिएको छ । यस अवधिमा मलेसियामा ४४ जना, कुवेतमा ११ जना, बहराइन र दक्षिण कोरियामा तीन/तीन जना, सेलेल्स, ओमानमा एक/एक जनाको शव त्यतिकै पडेको छ । यस्तै युएइमा ४१, साउदीमा ४९, कतारमा ४० जनाको शव नेपाल आउन प्रतीक्षारतछ ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?