लण्डन । इंग्ल्याण्डको राष्ट्रिय फुटबल टोली तथा म्यानचेष्टर युनाइटेडका क्याप्टेन बायर्न रुनीले म्यानचेष्टर युनाइटेडका सहकर्मी फुटबलर एञ्जल डी मारियालाई गोरखाहरुलाई सुरक्षा गार्ड राख्न सुझाव दिएका छन् ।
यसै सिजनदेखि इंग्ल्याण्ड आएका अर्जेण्टिनी राष्ट्रिय टोलीका सदस्य मारियाको घर हालै फोडिएको थियो । हतियारधारी जत्थाले घर फोडेपछि मारियाको परिवार त्रसित हुँदै आएको छ ।
सो घटनापछि मारिया अहिले श्रीमती जोर्गेलिना र एक वर्षकी छोरी मियासित होटलमा बस्दै आएका छन् ।
गोरखाहरुलाई सुरक्षा गार्ड राख्दै आएका रुनीले मारियालाई घरको सुरक्षाका लागि गोरखाहरुलाई राख्न सुझाव दिएका हुन् ।
२७ वर्षीय मारिया स्पेनको रियल म्याडि्रडबाट म्यानचेष्टर युनाइटेडमा आएका हुन् । महंगो मोलमा युनाइटेडमा आए पनि उनले प्रभाव पार्न भने सकेका छैनन् ।
रुनीले आफ्नो घरको सुरक्षाका लागि लामो समयदेखि नेपाली गोरखाहरुलाई राख्दै आएका छन् । दक्षिण अफ्रिकामा पाँच वर्षअघि सम्पन्न विश्वकप फुटबलताका नै रुनीले गोरखाहरुलाई घरको सुरक्षार्थ राखिएकाले आफू निश्चिन्त भएको बताएका थिए ।
रुनीले सन् २०१० देखि गोरखाहरुलाई सुरक्षा गार्ड राखेको बेलायतको स्थानीय सन् पत्रिकाले जनाएको छ । उनको घर रहेको चेसियर क्षेत्रमा चोरी डकैती बढ्न थालेपछि उनले गोरखाहरुको सहायता लिनु परेको थियो । त्यतिबेला उनका सहकर्मी तथा अहिले वेष्ट ब्रोमीच अल्बालियनका मिडफिल्डर डेरेन फ्लेचरकी मंगेतरलाई चोरहरुले छुरा देखाई लुटपाट गरेका थिए ।
स्रोतका अनुसार चोरहरुको प्रवेशपछि मारियाकी श्रीमती भयभीत बनेको र उनीहरुले भाडामा लिएको चेसियरस्थित घरमा जान नमानेको बताइएको छ ।
रुनीले मारियलाई दिएको सुझाव उल्लेख गर्दै डेली मिररले भनेको छ, ‘गोरखाहरुको सैन्यमा आकर्षक क्यारियर छ । उनीहरुलाई सुरक्षाको जिम्मा दिएपछि कोही पनि घरको नजिक पर्नै खोज्दैनन् ।’
दुईसय वर्षदेखि बेलायती सेनाका अंग बन्दै आएका गोरखाहरु वीरता, इमानदारिताका लागि संसारभर कहलिएका छन् ।
गोरखाहरुसित फोकल्याण्डमा लडाइँ लडेको देश अर्जेण्टिनाका नागरिक मायिराले पक्कै पनि गोरखाहरुका बारेमा त सुनेका होलान् । किनकि उनकै देशका महान फुटबल खेलाडी डियगो म्याराडोनाले इंग्ल्याण्डलाई हराएपछि भनेका थिए, ‘हामीले इंग्ल्याण्डलाई हरायौँ किनकि त्यहाँ गोरखाहरु थिएनन् ।’
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]