
लन्डन । ससुरालीतिरको तीन पुस्ते थाहा नहुनु स्वभाविकै हो । तर, आफ्नै श्रीमतिको नाम बिर्सिएपछि नक्कली बिहेको योजना छताछुल्ल भएर एक जोडी जेल जानुपरेको छ । होम अफिसका अनुसार, पाकिस्तानी नागरिक जुवेर खान (२८) र हंगेरियन युवती बियटा सिलेग्गी क्रमशः २० र १७ महिनाको जेल सजाय भोग्न बाध्य भएका
हुन् । बिहे समारोह हुनुअघि बेलायतको हल रजिष्टर अफिसमा ति पाकिस्तानी नागरिकले हुने वाला श्रीमतिको नाम भुलेपछि बिहेको चांजोपांजो गरिदिने ४८ वर्षीय खालिक खानलाई फोन गरेका थिए । पछि रजिष्टार अफिसका रजिष्टारले होम अफिस अधिकारीलाई शंकाष्पद बिहेबारे सचेत गराएका थिए । होम अफिसले त्यो जोडीलाई गत अक्टोबरमा पक्रेको थियो ।
बेलायतमा बस्नका लागि नक्कली बिहे गरि अध्यागमन कानुन उल्लंघन गरेको ठहर गर्दै हल क्राउन कोर्टले जेल सजाय तोकेको हो । ४८ वर्षीय खालिक खान समेत २० महिना जेल सजाय भोग्न वाध्य भएका छन् । होम अफिसका इमिग्रेसन इन्फोर्समेन्ट क्रिमिनल इन्भेष्टिगेसन्स्का एण्डी सार्पले प्रेस एसोसिएसनसंग ‘हांस्यास्पद तर बेलायतको अध्यागमन कानुन उल्लंघनमा सांच्चिकै गम्भीर घट्ना’ भएको जनाउंदै दुलहाले आफ्नै हुने वाला दुलहीको नाम समेत उच्चारण गर्न नसकेको बताएका छन् । ।
अध्यागमन तथा सुरक्षा मन्त्री जेम्स् ब्रोकनसायरले पछिल्लो घट्नाले नक्कली बिहेविरुद्ध सरकारको कठोर कदमले काम गरिरहेको प्रमाणित गरेको जनाए । ‘हाम्रो अध्यागमन कानुन विपरित जालझेल गर्ने अपराधिक गिरोह कुनै हालतमा न्यायिक कठघराबाट उम्कन सक्दैनन्’, ब्रोकनसायरले भने । ति मन्त्रीले गत वर्ष २ हजार ४ सय शंकाष्पद बिहेमा हस्तक्षेप गरिएको जनाए । ब्रोकनसायरले नयां अध्यागमन ऐन (जुन गतवर्ष कानुन बनेको थियो) ले बिहे सक्कली हो वा होइन पहिचान गरि हस्तक्षेप गर्न सक्ने अवसर प्रदान गरेको समेत बताएका छन् ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]