काठमाडौँ । सङ्गीतकर्मी कलाकारहरुको छाता सङ्गठन राष्ट्रिय सङ्गीतकर्मी सङ्घले कोरोना भाइरसको जोखिमका कारण खाद्यान्न सङ्कट भएका मजदुर, न्यून दृष्टियुक्त र अपाङ्गता भएका व्यक्तिलाई राहत वितरण गरेको छ ।
सङ्घले ७०० बोरा चामल, ७०० केजी दाल, ७०० प्याकेट नुन र ७०० लिटर तेललगायत खाद्यान्न सामग्री उपत्यकाका चेपाङ बस्तीसहित विभिन्न स्थानका तीन हजारभन्दा बढी त्यस्ता व्यक्तिलाई वितरण गरेको सङ्घका उपाध्यक्ष अमृत खातीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सङ्घले शुरुमा चामल, दाल, नुन, तेललगायत खाद्य सामग्री कार्यसमितिमा रहेका पदाधिकारीबाट व्यवस्थापन गर्दै आएको र पछि यहाँका समाजसेवी र विदेशमा बस्ने नेपालीको सहयोगबाट पनि राहत जुटाएर वितरण गरेको हो ।”
उपाध्यक्ष खातीले ‘विपद्मा भोको पेटमा केही राहत दिन पाउँदा हामी गौरवान्वित छौँ, सरकारलाई सहयोग गर्न हामी पनि साथमा छौँ’ भन्नुभयो । राष्ट्रिय सङ्गीतकर्मी सङ्घका अध्यक्ष राजेन्द्र कार्कीले तीन समूह बनाएर दैनिक राहत वितरण गर्दै आएको बताउनुभयो ।
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास
यी हुन् नेकपा र राप्रपाबाट छानिएका समानुपातिक सांसद [सूची]
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता