लन्डन । झमक घिमिरे, नेपाली साहित्यमा एक अद्भूत प्रतिभाशाली अवोला । शारिरिक रुपमा असक्त भएपनि सशक्त धेरैका लागि प्रेरणाको श्रोत हुन् उनी । बोल्न नसक्ने र खुट्टाले लेख्ने यी लेखिकाको कलमले हर प्रकारका विभेद, कुसंस्कार र अन्धविश्वासको विरोध गर्दै वैचारिक स्वतन्त्रताको शंखघोष गरेको ठान्नेहरु अधिक छन् । भौतिक शरीर पूर्ण नभएपनि उनी महान श्रष्टाको पंक्तिमा रहिन् । यिनै घिमिरेलाई अब सुन्न सकिने छ ।
मदन पुरस्कार सहित नेपाली साहित्यमा सर्वाधिक पुरस्कार र सम्मान दिलाउन सफल घिमिरेको आत्मजीवनीपरक निवन्ध जीवन कांडा कि फूल सुन्ने किताव (अडियो बुक) का रुपमा आउने तयारी अन्तिम चरणमा छ । अडियो बुकका जन्मदाता खगेन्द्र नेपालीले आफ्नो वाचनको छैटौं अडियो बुकका लागि छनोट गरेका हुन् घिमिरेको उक्त कृति । ‘आउंदो महिना अडियो बुक सार्वजनिक गर्ने तयारीमा छु’, नेपालीले भने, ‘झमकको आत्मबल र जीवनीबाट प्रभावित भएर उनको रचना अरु जनमानसमा समेत थप फैलियोस् भन्ने मनसायले यो प्रोजेक्ट गरें ।’
सुन्ने किताव आठ घण्टा लामो हुनेछ । किताव सार्वजनिक भएपछि सम्भव भएसम्म अपाङ्गहरुका लागि काम गर्ने हरेक संघसंस्था, व्यक्ति र दृष्टिविहीनलाई निशुल्क वितरण गर्ने सोच नेपालीको छ ।
२७ वर्ष लन्डनस्थित बीबीसी नेपाली सेवामा बिताएर अवकास लिनुअघि दश वर्ष उक्त सेवाको प्रमुख रहेका नेपालीलाई रिटायर्ड लाइफ घरमै बिताउनु थिएन । रेडियोमा बोलेको आफ्नो लामो अनुभव मिल्दो जुल्दो क्षेत्रमै खर्चने सोच आएपछि उनले नेपालमा प्रयोगै नभएको अडियो बुक चलनको न्वारन गरे । उनलाई नेपालको इतिहासमा अडियो बुकका जन्मदाता पनि भन्छन् ।
उनले पहिलो अडियो बुक विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त ल्याए सन् २००६ नोभेम्बरमा । त्यसै साल अप्रिलमा बीबीसी नेपाली सेवाबाट अवकास पाएपछि उनले लगत्तै आफ्नो बोल्ने कला अडियो बुकतर्फ सारेका थिए । त्यसपछि नेपालीले डायमनशमशेर राणाको सेतो बाघ, रमेश विकलको अविरल बग्दछ इन्द्रावती, योगी आनन्द अरुणको सन्त गाथा र लक्ष्मीप्रसाद देवकोटाका उत्कृष्ट कविताहरुको अडियो बुक सार्वजनिक गरिसकेका छन् ।
नेपालीले अडियो बुकका धेरै विशेषता ठम्याएका छन् । जस्तो गृहिणीले भान्सामा खाना बनाउंदै गर्दा सुन्न सक्छन् । दृष्टिविहीन र आंखा उस्तो नदेख्ने वृद्धवृद्धा लाभान्वित हुने नै भए । व्यस्त जीवनशैली बांचेका जागिरेहरुले पनि गाडी हांक्दा, अभ्यास गर्दा वा होलिडेमा सुन्न सक्छन् ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण