लन्डन । करिब ५४ लाख जनसंख्या रहेको बेलायतको एउटा पर्यटकीय राज्य स्कटल्याण्डमा नेपाली ५ हजार पुग नपुग छन् । यो मध्ये एवरडिन शहरमा करिब चारसय नेपाली रहेको अनुमान छ । तर, थोरै नेपालीले स्कटल्याण्डमा पकड भने बलियो बनाएका छन् ।
स्थानीय सरकारसंग सामिप्यता र समायोजनका लागि पुल बनेको हो च्यारिटी संस्था अर्गनाइजेशन फर नेपलिज कल्चर एण्ड वेलफेयर (ओएनसिडब्लु) । सन् २०१० मा स्थापित उक्त संस्थाले छाटो समयमै सरकारको मन जितेको हो ।
स्कटिस सरकारको ‘वान स्कटल्याण्ड’ अर्थात विविधता रहेको स्कटल्याण्डभित्र समानता प्रत्याभूति दिलाउन ल्याइएको एउटा अभियानमा समेत ओएनसिडब्लुको अग्रसरतालाई स्थानीय सरकारले प्रशंसा गरेको छ । ओएनसिडब्लुका संस्थापक अध्यक्ष दीपेश रेग्मीलाई दूतकै रुपमा मान्नेहरु पनि छन् यहां ।
क्याबिनेट मन्त्रीले नेपाली समुदायलाई बोलाएरै समायोजनका लागि नेपालीले निर्वाह गरिरहेको भूमिकाको खुलेर प्रशंसा गरे । ‘समुदायमा कुनै किचलो नभएको तपाईंहरु नै पायौं’ क्याबिनेट मन्त्रीको भनाई उधृत गर्दै रेग्मीले सुनाए ।
जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि स्कटल्याण्डस्थित नेपाली समुदायले पछिल्लो पटक उल्लेख्य काम गरेको छ । स्कटिस सरकारले सामुदायिक कार्वन न्यूनीकरण योजनाका लागि ओएनसीडब्लुलाई करिब ३० हजार पाउण्ड सहयोग गरेपछि संस्थाले पछिल्लो एक वर्ष उदाहरणीय काम गरिदिएको रेग्मीको दावी छ ।
यसै अभियान अन्तर्गत संस्थाले नेपाली बस्ने ४० घरमा गएर उर्जा सञ्चयका विकल्प के हुन सक्छन् त्यो बारे पनि सचेतना कार्यक्रम गर्यो । करिव डेढ दर्जन साइकल बांडेर वातावरणीय प्रभावबारे जनचेतना होस् वा कार्वन इमिसन न्यून गर्न कसरी सवारी साधन चलाउने भन्नेबारे होस्, संस्थाले थोरै जनशक्तिबीच उल्लेख्य काम गरेको रेग्मी बताउंछन् ।
स्वास्थ्य जीवनशैली अपनाउन प्रेरित गर्ने सरकारको एउटा कार्यक्रम ‘पाथ फर अल’ मा समेत ओएनसिडब्लुले सक्रियता देखाएको थियो ।
स्कटल्याण्ड सरकारको इथ्नीक माइनोरिटी (अल्पसंख्यक जाती) लाई प्रतिनिधित्व गर्ने आधिकारीक संस्था बिमिसले समेत रेग्मीको सर्हाहना गरेको छ । बिमिसका प्रवक्ताकै शब्दमा रेग्मीले स्कटिस समुदायलाई एकजुट गराउन खेलेको भूमिका प्रशंसा गर्न लायक छ । बिमिसकै सहयोगमा ओएनसीडब्लुले स्थानीय विभिन्न समुदायका वालवालिकाबीच चित्रकला प्रतियोगिता समेत गर्यो ।
बेला बेला नेपाली कला संस्कृति झल्कने कार्यक्रम त संस्थाको क्यालेण्डरमै छ । ‘हामी थोरै नेपालीले सानै प्रयासमा भएपनि गर्न सकिने धेरै उपाय छन्, केवल हामीलाई इच्छाशक्ति जरुरी छ’–जांदाजांदै रेग्मीले वीनेपालीसंग भने ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण