लन्डन । बेलायतका एकजना सफल युवा व्यवसायी वि. पी. खनालले लन्डनबाट करिव एकसय ५० माइल टाढा वेल्स्मा दोश्रो नर्सिङ होम खरिद गरेका छन् । ३३ वेड क्षमताको उक्त एभेन्यू रोड नर्सिङ होमको खरिद मुल्य करिब २८ करोड रुपैंया छ । उक्त नर्सिङ होम सम्भवतः बेलायत बस्ने नेपालीबाट गरिएको सबैभन्दा बढि लगानीको ठानिएको छ । आज सोमबारबाटै खनालले नयां नर्सिङ होमको स्वामित्व लिएका छन् ।
नेपालीले यहां रेष्टुरेन्ट, कलेज, ग्रोसरी जस्ता व्यवसायमा लगानी गरे पनि नर्सिङ होममा लगानी गरेको चाहिं सुनिएको छैन् । खनालले तीन वर्षअघि वेल्स्मै करिब १३ करोड रुपैयांमा पहिलो नर्सिङ होम किनेका थिए ।
खनालले दोश्रो नर्सिङ होम खरिदले अन्य नेपालीलाई समेत यस क्षेत्रमा लगानी गर्न उत्प्रेरित गर्ने अपेक्षा राखेका छन् । ‘हामी अहिलेसम्म सिमित व्यवसायमा मात्र रमाइरहेका छौं’, खनाल भन्छन्, ‘तर, नर्सिङ होम जस्तो सेवामुलक पेशा अंगाल्न सके त्यसमा मैले प्रशस्त सम्भावना देखेको छु ।’
साउथ वेल्स्मा अवस्थित उक्त नर्सिङ होम धनाढ्यहरुको वस्ती नजिक छ । उक्त नर्सिङ होममा विरामीले साताको करिव एकदेखि दुई लाख रुपैयांसम्म
तिर्नुपर्ने खनालले जनाए । स्थानीय सरकारी बजेट तथा व्यक्तिगत रुपमा विरामीले पैसा तिर्छन् ।
बेलायतका सफल व्यवसायी खनालको कलेज, अनलाइन रिटेल लगायत अन्य क्षेत्रमा समेत लगानी छ ।
उनले बेलायतवासी नेपालीहरुसंग मिलेर नर्सिङ होम, होटल तथा अन्य व्यवसाय समेत विस्तार गर्ने आफ्नो भावी योजना रहेको सुनाए ।
सबै मिलेर सामूहिक लगानी गरेमा केही वर्षभित्र बेलायतमा पनि नेपालीहरुको व्यवसाय शेयर मार्केट्समा राख्न सकिने विश्वास खनालको छ ।
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न