
काठमाडौँ — काठमाडौँस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले कोरोना भाइरसजस्ता महामारीसंग जुध्न सही जीवनशैली अपनाउनु पर्नेमा जोड दिएका छन् ।
ओशो सम्बोधी दिवस तथा ओशो तपोवन स्थापना भएको ३० वर्ष पुरा भएको अवसरमा सम्बोधन गर्दै स्वामी अरुणले शिवपुरी बाबा तथा ओशो जस्ता सम्बोधी प्राप्त गुरुहरुले यदि मानव जातिले आफ्नो जीवनशैली नबदल्ने हो भने प्राकृतिक विपत्ति तथा महामारी जस्ता समस्या व्यहोर्नु पर्ने परिकल्पना गरेको बताए ।
“पृथ्वीमा मानिस हजारौं वर्षदेखि प्रकृतिसंग सामन्जस्यमा बस्दै आएको थियो, तर गएको ५०-६० वर्ष यता त्यो सन्तुलन खल्बलिएको छ । जबसम्म हामी सन्तुलनमा बांच्न सिक्दैनौं, तबसम्म यस्ता महामारी फैली नै रहनेछन्”, उनले भने ।
स्वामी अरुणले चीनको वुहान शहरमा मासु बिक्रि गर्ने बजारबाट कोरोन भाइरस पहिलो पटक फैलिएको ठानिएको बताउंदै धेरैजसो बिमारी मांसाहारबाट हुने गरेको बताए । शाकाहार वातावरण मैत्री मात्रै नभएर स्वस्थकर पनि भएको बताउंदै उनले सन् ७० को दशकसम्म पनि भारतमा झन्डै ४० प्रतिशत मानिस शाकाहारी रहेको तर अहिले २०/२२ प्रतिशत मानिसहरु मात्रै शाकाहारी भएको अनुमान गरिएको बताए।
मासु खान जनावर पाल्न खाद्यान्न तथा पानी धेरै चाहिने र विश्वव्यापी खाद्य संकट अन्त्य गर्न पनि शाकाहर नै उपयुक्त हुने उनले बताए।
स्वामी अरुणले भने, ”यो संसारमा अधिकांश मानिसहरु बेहोसीमै, देखासिकी गरेरै जीवन बिताइ रहेका छन्। जीवन सार्थक तुल्याउन हामीले होशपूर्वक जीउन सिक्नुपर्छ। त्यसैलाई नै शिवपुरी बाबाले सही जीवन शैली वा ‘राइट लाइफ’ भन्नु भएको हो । यो पागल संसारमा शान्त भएर जीउन बुद्धिमत्ता चाहिन्छ, सत्संग चाहिन्छ, ओशो जस्तो गुरु र ओशो तपोवनजस्तो साधनास्थल चाहिन्छ ।”
विचारको शक्ति सबैभन्दा ठूलो शक्ति हो भन्दै स्वामी अरुणले भने, ”यदि हामी संग बलियो इच्छा शक्ति छ भने हामीले सिङ्गै संसार जित्न सक्छौं ।” स्वामी अरुणले नियमित योग, ध्यान, व्यक्तिगत सफाइ र खानपानमा ध्यान दिन पनि अपिल गरेका छन् ।
कोरोना भाइरसको संक्रमणलाई ख्याल गरेर तपोवनले आगन्तुकहरुलाई अर्को सूचना नभए सम्मकालागि प्रवेश निषेध गरेको छ ।
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय