
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा सेक्यूरिटी प्रेस खरिदका क्रममा प्राप्त हुने कमिसनसम्बन्धी विवादमा तानिएका छन् । लेखा समितिमा छानबिनका क्रममा रहेको विषयसँग सम्बन्धित अडियो ‘हाम्राकुरा डटकम’ले बिहीबार सार्वजनिक गरेको हो ।
‘डिजिटल प्ल्याटफर्म’ मा घुसको अडियो र त्यसक्रममा गरिएको संवादको विवरण सार्वजनिक भएको छ ।
सेक्यूरिटी प्रेससँग सम्बन्धित एक प्रतिनिधी विजयप्रकाश शर्मा मिश्रसँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले आफ्नो कार्यकक्षमै बोलाएर कमिसनको अंकबारे सांकेतिक छोटो कुराकानी भएको छ ।
अडियोका अनुसार, मन्त्री बाँस्कोटाले ७० करोड रुपैयाँको कमिसनमा डिल गरेका छन्। उनले कमिसन बढी हुने उपायका बारेमा सल्लाह गरेका छन् । ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत रकम मन्त्रीलाई हुने कुराकानीमा स्पष्ट सुनिन्छ। हाम्राकुरा डटकममा राखिएको अडियो अनुसार मन्त्रीको जिज्ञासा मेट्ने क्रममा त्यो अंक करिव ५५ करोड रुपैंयाँ हुने बताइएको छ।
अडियोबारे आज मन्त्री बास्कोटाले पत्रकार सम्मेलन गर्ने बताएका छन् ।
यसैवीच, नेपाली काग्रेसले मन्त्री बास्कोटालाई तत्काल बर्खास्त गर्न माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती जारी गर्दै मन्त्रीलाई बर्खास्ती र छानविनको माग गरेका हुन् ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?