दिल दिन्छु भन्छौ
ज्यान पनि तिम्रै लागि हौ भन्छौ
शब्दकोष र शब्द चयनकै भण्डार हौ तिमी
खै के के दिन्छु भन्छौ तिमी ।
प्रिय, तिम्रो त्यो स्वच्छ प्रेमको मुल्यांकन गर्ने
दुस्साहस कसरी गरूं र म?
जीवनको यो उत्तरार्धमा
शब्द रचना तिम्रै लागि हो भन्छौ
रंगीन शब्द तिम्रै पोल्टोमा हाल्छु भन्छौ
तिमीलाई के थाहा तिम्रा लिखित यी शब्द
अनि ती रंगको प्रभाव यो मनमा ।
तिम्रो त्यो रसमय शब्दको मुल्यांकन गर्ने
दुस्साहस कसरी गरूं र म?
जीवनको यो उत्तरार्धमा
प्रेम ‘अनकण्डिशनल’ छ भन्छौ तिमी
हो र? भन्दै उल्टै प्रश्न गर्छु म
तिमी मौनतामा मुस्कुराउंछौ र म तिम्रो मुस्कानमा हराउंछु
तिम्रो त्यो भावपूर्ण मुस्कानको मुल्यांकन गर्ने
दुष्साहस कसरी गरुं र म?
मेरो प्रिय सुन भन्दै
तिमी हाम्रो मिलनको विश्लेषण गर्छौ
म नियालेर तिमीलाई हेर्छु
अनि भावविभोर भएर सुन्छु
अनि तिमी भन्छौ
दुई शरीरको मिलन होइन यो हाम्रो प्रेम
दुई आत्माको संगम हो है हाम्रो प्रेम
म र तिमीको कसी पार गरेर हामी हुनु हो हाम्रो प्रेम
एउटा राम्रो सर्जकले कलात्मक ढंगले लेखेको सृजनाको बौद्धिक समालोचना हो हाम्रो प्रेम ।
मेरी प्रिय तिमी,
तिम्रो मुस्कानमा मैले स्वान्तसुखाय पाउनु
हो पो है हाम्रो प्रेम
है हाम्रो प्रेम ।
२४ जनवरी २०२०
लन्डन
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र