लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी अक्टोबरमा नेपालमा दोश्रो बिज्ञ सम्मेलन गर्ने भएको छ । सम्मेलन काठमाडौं विश्वविद्यालय धुलिखेलमा हुने भएको हो ।
पहिलो सम्मेलन सोल्टी होटलमा आयोजना हुंदा महंगो दर्ता शुल्क भएको आलोचना भएपछि संघले दोस्रो सम्मेलन काठमाडौं विश्वविद्यालयमा गर्न लागेको गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले बताए । काठमाण्डौं विश्वविद्यालयमा सम्मेलन गर्दा सहभागीहरुको संख्या बढ्ने विश्वास शर्माको छ ।
यसैबीच संघको एक टोलीले बुधवार काठमाडौं विश्वविद्यालयका उपकुलपति, डिनहरु, विभागीय प्रमुखहरु लगायत उच्चपदाधिकारीसंग छलफल गरेको छ ।
छलफलमा काठमाडौं विश्वविद्यालयका भिसी प्रोफेशर डा. रामकण्ठ मकाजु श्रेष्ठ, डिनहरु प्रोफेशर महेश पराजुली, सागरराज शर्मा, डा. हेम राज काफ्ले लगायतको उपस्थिति थियो ।
संघका पदाधिकारीसहित काठमाण्डौं विश्वविद्यालय पुगेको टोलीले सम्मेलन उपलब्धिमुलक बनाउन घनीभूत छलफल गरेको थियो ।
संघको टोलीमा उपाध्यक्षहरु सोनाम लामा, मन केसी, कोषाध्यक्ष महेश श्रेष्ठ, महिला संयोजक भूमा लिम्बु, डा. हेमन्त डवाडी, श्रीराम घिमिरे लगायतको उपस्थिति थियो ।
यसअघि संघले एनआरएन बिज्ञ सम्मेलनबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायत नेपाल सरकारका उच्चअधिकारीसंग छलफल गरेको थियो ।
विश्वकप लिग-२ : युएईमाथि नेपालको जित
बेलायतमा २४औं गोर्खा कप २४ मेमा, प्रतियोगिताको तयारी तीव्र
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छ : प्रधानमन्त्री वालेन्द्र शाह
अवैध सुकुटी बिक्री गरेकोमा बेलायत अल्डरसटको ‘भिन्तुना’ रेस्टुरेन्ट दोषी
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित