
लन्डन । नेपाल सरकारद्वारा घोषित ‘नेपाल पर्यटन वर्ष २०२०’ सफल पार्न आयरल्याण्डमा पनि विशेष कार्यक्रम भएको छ ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद आयरल्याण्डले नेपाली राजदूतावास लण्डनको समन्वयमा गत जनवरी ६ तारिख टिचर्स क्लब, डब्लिन, आयरल्याण्डमा एक कार्यक्रम गरि अभियान उद्घाटन गरेको हो ।
उक्त कार्यक्रमको सभापतित्व संघका अध्यक्ष मिलन छन्त्यालले गरेका थिए भने प्रमुख अतिथि नेपाली राजदूतावास लण्डनका तृतीय सचिव तेजेन्द्र रेग्मी थिए ।
कार्यक्रममा आयरल्याण्डमा भएका विभिन्न संघसंस्थाका अध्यक्षहरु, ब्यवसायी साथै कर्क, लिम्रिक, गल्वे, कार्ल तथा पोर्तलिज आदि शहरबाट आएका सयौं सहभागी नेपाली थिए । सो अवसरमा संघले क्षेत्रीय उपसंयोजक शुक्रराज न्यौपाने र केन्द्रिय सदस्य बिनोद कार्कीलाई बधाई तथा सम्मान गरेको थियो ।
उक्त कार्यक्रममा दूतावासबाट प्रदान गरिने सम्पूर्ण सेवा सुविधा लिन सजिलो होस् भनेर घुम्ती शिविर पनि व्यवस्था गरिएको थियो ।दूतावासका रेग्मीले उपलब्ध गराएको घुम्ती शिविरबाट आयरल्याण्डमा रहेका धेरै नेपाली लाभान्वित भए ।
प्रमुख अतिथिका रुपमा बोल्दै रेग्मीले नेपाल सरकारको एक मात्र साझेदारी संस्था गैर आवासीय नेपाली संघसंग नेपाली राजदूतावासले सधैं सहकार्य गर्दै आएको र यो निरन्तरता भविष्यमा अझै अर्को उचाईंमा लैजाने बताए । रेग्मीले ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल पार्ने उद्देश्यले गठित २१ सदस्यीय ‘नेपाल पर्यटन वर्ष २०२० मूल समिति’ को घोषणा पनि गरे ।
कार्यक्रममा संघका अध्यक्ष मिलन छन्त्यालले ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल पार्न आयरल्याण्डमा गरिने कार्ययोजना प्रस्तुत गरेका थिए । छन्त्यालले जुन तरिकाले विदेशमा रहे पनि आफ्नो मातृभूमिप्रतिको स्नेह सम्झेर भ्रमण वर्षको प्रचारप्रसारमा संघले अगाडि सारेको कार्ययोजनालाई पूर्ण साथ दिन अनुरोध गरे ।
उनले गत ३१ डिसेम्बर २०१९, न्यू इयर इभ मनाउन डब्लिनमा जम्मा भएका लाखौं आइरिस तथा विदेशीको अगाडि भ्रमण वर्ष २०२० को लोगो अंकित टोपी र ब्यानर बोकेर रयाली निकालिएको पनि जनाए ।
कार्यक्रममा एक अन्तरक्रिया पनि गरिएको थियो । प्राप्त जिज्ञासाहरुको जवाफ संघका अध्यक्ष छन्त्याल र दूतावासका तृतीय सचिव रेग्मीले दिएका थिए ।
कार्यक्रम समापनपछि राजदूतावास, संघ र आयरल्याण्डमा बस्ने नेपालीहरुको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले राउण्ड टेबल डिनर पनि गरिएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा