लन्डन । गुरुङ सोसाइटी केन्ट युकेले ल्होसार कार्यक्रम सम्पन्न गरेको छ । फोकस्टोन केन्टस्थित हकिङ कम्युनिटी सेन्टरमा भएको सो कार्यक्रमको अध्यक्षता समाजकी अध्यक्ष श्रीमती राजदेवी गुरुङले गरेकी थिइन् भने प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी थिए ।
कार्यक्रमका विशेष अतिथि एनआरएनए युकेकी अध्यक्ष पुनम गुरुङ, मेयर ग्लेन हिवर्ट र काउन्सिलर नवीन सिवा थिए । फो ल्हो (मृग वर्ग) को विदाई र च्यु ल्हो (मुसा वर्ग) को स्वागत गर्न आयोजित उक्त कार्यक्रममा केन्टबासी तमु (गुरुङ) हरुको बाक्लो सहभागिता थियो ।
समाजका महासचिव गोलमान गुरुङले हेल्थ एन्ड सेफ्टी सम्बन्धि जानकारीका साथै औपचारिक कार्यक्रम सञ्चालन गरेका थिए भने समाजका उपाध्यक्ष एवं च्यु ल्होसार कार्यक्रम संयोजक प्रेम कुमारी गुरुङले स्वागत मन्तब्य दिएका थिए ।
त्यस्तै, हालै विभिन्न विषय र क्षेत्रमा उच्च शिक्षा हांसिल गरेका तमु विद्यार्थीहरुलाई प्रमुख अतिथिद्वारा सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा ए लेवलमा उच्च अंक ल्याउने रविन्सन गुरुङ, विभिन्न विश्वविद्यालयबाट स्नातक गर्ने अस्मिता गुरुङ, सरिक गुरुङ, सरिना गुरुङ, आसिफ गुरुङ, डा. सोनाम गुरुङ, डा. ललिता गुरुङ थिए ।
साथै उक्त कार्यक्रममा प्रत्येक वर्षमा झैं यसवर्ष पनि जिसिएसइमा सबैभन्दा राम्रो अंक ल्याइ उत्तिर्ण तमु विद्यार्थी सफिन गुरुङलाई ब्राइट फ्युचर अवार्ड र १०१ पाउण्डको चेकसहित खादाले सम्मान गरिएको थियो ।
त्यसैगरी समाजको विभिन्न क्षेत्रमा योगदान दिएवापत यस वर्षको उत्कृष्ट समाज सेवा सम्मान पत्र २०१९ बाट समाजसेवी अम्बर गुरुङ सम्मानित भए । कार्यक्रमका प्रमुख अतिथि र समाजका अध्यक्षले अम्बर गुरुङलाई गुरुङहरुको परम्परा अनुसार फेटा लगाएर सम्मानपत्र हस्तान्तरण गरेर बधाई दिएका थिए । समाजको तर्फबाट एनआरएनए युके अध्यक्ष पुनम गुरुङलाई पनि राजदूत र समाजका अध्यक्षले फूल र खादाले बधाई तथा शुभकामना दिएका थिए ।
औपचारिक कार्यक्रमको अन्त्यतिर फस्ट बटालियन रोयल गोरखा राइफल्सका गोर्खा मेजर, पूर्व काउन्सिलर धन गुरुङ र समाजको अध्यक्षक बाहुलीबाट राजदूतलाई खुकुरी र भांग्रा अनि उनकी धर्मपत्नीलाई गुरुङहरुको प्रचलन अनुसार पछ्यौरा मायाको चिनो स्वरुप प्रदान गरि स्वागत तथा धन्यवाद दिइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि राजदूत डा. सुवेदीले समाजले आयोजना गरेको च्यु ल्होसारमा सहभागी हुन पाउंदा एकदमै खुशी लागेको बताउंदै सम्मानित ब्यक्तित्वहरुलाई बधाईसहित ल्होसारको शुभकामना दिए । उनले समाजका सदस्यहरुलाई दूतावास हेर्न आउन अनुरोध गरे भने ‘नेपाल भ्रमण वर्ष-२०२०’ को प्रचारप्रसार गरिदिन अनुरोध गरे ।
समाजका अध्यक्ष राजदेवी गुरुङले कार्यक्रममा सहभागी सबैलाई धन्यबाद दिइन् ।
दोस्रो चरणको सांस्कृतिक कार्यक्रम सांस्कृतिक संयोजक ममता गुरुङ र इन्द्र गुरुङको नेतृत्वमा सञ्चालन भएको थियो । सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरुले उत्कृष्ट नृत्यहरु प्रस्तुत गरे । कलाकारहरुको उत्कृष्ट मनमोहक नृत्यले दर्शकहरुको मन जितेको थियो । निर्धारित समयमा सुरु भएको औपचारिक कार्यक्रम पश्चात प्रस्तुत गरिएको सांस्कृतिक कार्यक्रमले प्रमुख अतिथि, विशेष अतिथि लगायत दर्शकहरुले झुमेर भरपूर मनोरञ्जन लिएका थिए । साथै युवा युवतीहरुको बाक्लो उपस्थिति रहेको ल्होसार सांझमा कलाकारहरुले विभिन्न आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।
सो अवसरमा सुन्दर नृत्यहरु प्रस्तुत गरेका सबैलाई गुरुङ सोसाइटी केन्ट यूकेका अध्यक्ष राजदेवी गुरुङले अन्तमा खादा अर्पण गरि मायाको चिनो प्रदान गरेकी थिइन् ।
केन्टबासी तमु (गुरुङ) हरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा गुरुङ सोसाइटी केन्ट यूकेका सल्लाहकार साथै कार्यसमितिले प्रवेशद्वारमा पाहुनाहरुको स्वागत, जलपान तथा टिकटको विशेष व्यवस्थापन गरेका थिए । त्यस्तै, गायक बिसी राईले साउण्ड सिस्टम व्यवस्थापन, नेत्र तमु तथा अमर राईले फोटोग्राफी र नायन्द्र राईले भिडियोग्राफीमा विशेष भूमिका खेलेका थिए ।
अन्तमा बिसी राईले राजदूतले नै रचना गरेको गीत गाएर राजदूतसहित सबैको मन जिते । राफल ड्र महिला संयोजक पवित्र गुरुङले सञ्चालन गरी आफू खुशीको नाच नाचेर कार्यक्रम समापन भएको थियो ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’