लण्डन । पोखरेली यूवा सांस्कृतिक परिवारले स्थापना गर्न लागेको ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार कोष’ का लागि पोखरेली मन्च यूकेले रु २ लाख ५० हजार प्रदान गरेको छ ।
गत ९ नोभेम्बरमा बेलायतमा पोखरेली मंच यूकेले आयोजना गरेको ‘सिर्जनाको घेराभित्र सरुभक्त’ कार्यक्रम प्रायोजनबाट बचेको सो रकम संयोजकद्वय लालप्रसाद गुरुङ र सुधा गुरुङले परिवारका अध्यक्ष प्रकाश ज्ञवालीलाई हस्तान्तरण गरे । पोखरामा आयोजित समता काव्य संध्या कार्यक्रममा रकम हस्तान्तरण गरिएको हो । साथै बेलायतमा अन्तरराष्ट्रिय लोकार्पण गरिएको सरुभक्तको नवीनतम उपन्यास बिक्रीबाट उठेको रकम गरि रु ३ लाख १८ हजार ४०९ सरुभक्तलाई प्रदान गरिएको थियो ।
आधुनिक गीत संगीतका धरोहर स्वर्गीय अम्बर गुरुङको नाममा ठूलो रकमको अक्षय कोष स्थापना गरि राष्ट्रिय स्तरमा गीत संगीतको क्षेत्रमा अमूल्य योगदान पुराउने स्रष्टालाई पुरस्कृत गर्ने योजना रहेको साहित्यकार तीर्थ श्रेष्ठले बताए । सो पुरस्कार स्थापनाका लागि जग बसाल्ने काम गीतकार एवम संगीतकार बिक्रम गुरुङले गरेको पनि श्रेष्ठले बताए ।
विक्रमले हङकङमा एकल सांगीतिक कार्यक्रम गरि आर्जन गरेको रु पांच लाखमा एक लाख थप गरि रु ६ लाख सो कोषका लागि प्रदान गरेका थिए । सोही रकममा एक अर्को ईट्टा थप्ने काम पोखरेली मंच यूकेले गरेको हो भने त्यसको माध्यम बने साहित्यकार सरुभक्त ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तले आफ्नो बेलायत भ्रमणलाई ‘साहित्यिक तीर्थयात्रा’ उपनाम दिंदै बेलायतमा आयोजित आफ्नो ऐतिहासिक कार्यक्रमबाट आधुनिक गीत संगीतका धरोहर एवं मूर्धन्य संगीतकार अम्बर गुरुङ राष्ट्रिय पुरस्कारमा थप टेवा पुराउन पाउनु आफ्नो लागि अविष्मरणीय क्षण भएको बताएका छन् ।
अहिलेसम्म सो कोषमा विक्रम र सरुभक्तमार्फत साढे आठ लाख रुपैयाँ संकलन भैसकेको र २० लाख रुपैयाँको कोष बनाएर ठूलै राशीको पुरस्कार प्रदान गर्ने लक्ष्य राखिएको साहित्यकार तीर्थ श्रेष्ठ बताउँछन् । कोष स्थापना गरि वर्षेनी वा २ बर्षको अन्तरालमा कम्तीमा ३ लाख रुपैयाँसम्मको पुरस्कार दिने कार्यबिधि बन्न लागेको पनि उनले बताए ।
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
लन्डनमा एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन सार्वजनिक, ‘शिकारी’ विश्व व्यवस्था लागू गर्न लागिएको आरोप
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
लन्डनमा गुञ्जियो नेपाली हिपहप