लण्डन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को प्रत्यक्ष बैठक पोखरामा बस्ने भएको छ । संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार आगामी १८ र १९ जनवरीमा गण्डकी प्रदेशको पोखरामा बैठक गरिने भएको हो ।
अन्तर्राष्ट्रिय समन्वय परिषद्को पोखरा बैठकले संघको समिति र कार्यदलको कार्य विभाजन गर्नुका साथै आगामी कार्य योजनालाई समेत अन्तिम रुप दिने छ ।
२ दिने बैठकले संघको विशेष महाधिवेशनको मिति र स्थान समेत तोक्ने अपेक्षा गरिएको छ । यस कार्यकालको अन्तर्राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकले संघको निर्वाचन प्रक्रिया लगायत विधानमा समसामयिक सुधारका लागि विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
शनिवार सम्पन्न पदाधिकारी बैठकमा संघको काम कारवाही र लेखा प्रणालीलाई बढि चुस्त र पारदर्शि बनाउने र संघको विद्युतिय सूचना प्रणालीको सुरक्षा सम्बन्धित विशिष्टिकृत कम्पनीबाट परिक्षण गराउने समेत निर्णय गरिएको क्षेत्रीले जनाए ।
बैठकमा ग्रीसको पुरानो राष्ट्रिय समन्वय परिषद्लाई तदर्थ समितिका रुपमा कायम गर्दै क्षेत्रीय संयोजक र उपसंयोजकहरुको रहोवरमा राष्ट्रिय समन्वय परिषद्को महाधिवेशन गर्न अनुमति दिने निर्णय समेत गरेको छ ।
बैठकले विभिन्न राष्ट्रिय समन्वय परिषद्हरुमा देखिएका समस्या समाधानका लागि पहल गर्ने निर्णय समेत गरेको छ । बैठकमा संघको मानार्थ परिषद्का सदस्यहरुको मनोनयनबारे व्यापक छलफल भएको थियो ।
मानार्थ परिषद्लाई पोखरामा आयोजना गरिने अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकबाट अन्तिम रुप दिने निर्णय भएको छ । बैठकले विभागीय प्रमुख उपाध्यक्षहरुलाई आफ्नो कार्य क्षेत्रको आगामी योजना तयार पार्न निर्देशन समेत दिएको छ ।
यसैबीच शनिवार अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका सदस्यहरुको राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष एवं महासचिवहरुसंग विद्युतीय बैठक आयोजना गरिएको थियो ।
बैठकमा संघका अध्यक्ष कुमार पन्तद्वारा संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्ले हालै लिएका निर्णयहरु बारे जानकारी गराईएको थियो । उनले राष्ट्रिय समन्वय परिषद बलियो भए नै संघ बलियो हुने धारणा राखे । उनले गत कार्यकालको ३ ठूला परियोजना प्राय सम्पन्न भएको जानकारी दिए । बैठकमा अध्यक्ष पन्तले अन्तर्राष्ट्रिय समन्वय परिषद्ले काठमाडौं महानगरपालिकासंग सल्लाह गरी काठमाडौंका केही स्थानमा आधुनिक सौचालयको विकासका लागि पहल गरिरहेको जानकारी दिए ।
बैठकमा राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष एवं महासचिवहरुले राष्ट्रिय समन्वय परिषद्संगको सम्बाद कार्यक्रम राखिनु सकारात्मक पहल भएको बताएका थिए । उनीहरुले संघको विभिन्न मुलुकबाट संघको परिषद्, समिति, कार्यदलका सदस्य एवं संयोजकहरु मनोनित गर्दा राष्ट्रिय समन्वय परिषद्संगको सल्लाहमा हुनु पर्ने धारणा राखे ।
बैठकमा तीन दर्जन राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष तथा महासचिव सहभागी थिए ।
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र