लन्डन । नेप्लिज सेफ एशोसिएसन यूकेले अंग्रेजी नयां वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । आगामी ६ जनवरी, सोमबार लन्डन इष्टकोटस्थित भेन्यू फाइभ रेष्टुरेन्टमा कार्यक्रम गर्न लागिएको एशोसिएसनका अध्यक्ष दधि आचार्यले जनाए । ‘पारिवारिक वातावरणमा एसोसिएसन साथीहरु र परिवारजनसंग भलाकुसारी, चिनजान एवं शुभकामना आदानप्रदान नै प्रमुख उद्देश्य हो’- अध्यक्ष आचार्यले भने, ‘नेपालका दुई राष्ट्रिय कलाकार भिम पौडेल र सिर्जु अधिकारीसहित स्थानीय कलाकारको प्रस्तुति कार्यक्रमको अर्को आकर्षण हो ।’
उक्त कार्यक्रमको संयोजन उपाध्यक्ष मोहन ओलीले गरेका छन्।
आफ्नो कामको व्यस्तता छाडेर सेफहरुले धेरथोर मातृभूमिलाई सहयोग गर्दै आएका छन् ।
एशोसिएसनले हालै धादिङ निलकन्ठ-१४ स्थित तमैरातमाटे माविमा पुस्तकालय भवन बनाउन आर्थिक सहयोग गरेको छ ।
बेलायतमा कार्यरत नेपाली सेफहरुलाई एकवद्ध गर्दै उनीहरुको व्यवसायिक दक्षता अभिवृद्धि एवं आपतविपतमा सहयोग आदानप्रदान गर्ने उद्देश्य राखेर समाजसेवी कृष्ण तिमल्सेनाको अध्यक्षतामा सन् २०१२ मा नेपलिज सेफ एशोसिएसन यूके स्थापना भएको थियो ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]