लन्डन । मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल अनुष्का श्रेष्ठले दुई उपाधि जितेकी छन् । टप १२ सम्म पुगेकी अनुष्काले शनिबार लण्डन एक्सेलमा आयोजित ६९ औं मिस वर्ल्ड प्रतियोगितामा ‘ब्युटी विथ अ पर्पोज’ र ‘मल्टिमिडिया’ अवार्ड जितेकी हुन् ।
अघिल्लो संस्करणमा पनि नेपालकी शृंखला खतिवडाले ति दुबै ‘टाइटल’ जितेकी थिइन् ।
दुई अवार्ड जितेपछि खुसी व्यक्त गर्दै अनुष्काले सबैप्रति आभार व्यक्त गरेकी छन् । छोरीको जितमा अनुष्काका आमा-बाबु पनि दंग देखिन्थे ।
प्रतियोगितामा अनुष्कालाई हौसला प्रदान गर्न राजदूत डा. दुर्गाबहादुर सुवेदी, एनआरएन पदाधिकारी लगायत नेपालीहरु नेपालको झन्डा बोकेर कार्यक्रमस्थल पुगेका थिए । उनीहरुले बारम्बार हुटिङ समेत गरे ।
यसैबीच, ६९ औं मिस वर्ल्डको ताज जमैकाकी टोनी एन सिंहले जितिन् भने मिस फ्रान्स ओफ्ली मेजिनो फस्ट रनर अप र मिस इन्डिया सुमन रतनसिंह रावले सेकेन्ड रनर अपको उपाधि जिते ।
प्रतियोगितामा एक सय ११ मुलुकका सुन्दरीले प्रतिस्पर्धा गरेका थिए । तस्बिर- शंकर श्रेष्ठ
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]