लन्डन । बेलायतमा प्रधानमन्त्री बोरिस जोन्सनको पार्टी कन्जरभेटिभले बिहीबार सम्पन्न संसदीय निर्वाचनमा बहुमत ल्याएको छ ।
बीबीसीका अनुसार, हाउस अफ कमन्सका ६ सय ५० स्थानमध्ये जोन्सनको कन्जरभेटिभले ३ सय ६४ स्थानमा विजय प्राप्त गरेको छ । उसको यो सिट अघिल्लो निर्वाचन भन्दा ४७ ले बढि हो । बहुमतका लागि ३२६ सिट आवश्यक थियो । कन्जरभेटिभको यस विजयलाई ‘ऐतिहासिक’ भनिएको छ ।
प्रतिपक्षी लेबर पार्टीले २०३, स्कटिस नेशनल पार्टीले ४८, लिबरल डेमोक्रेटिक पार्टीले ११, डियूपीले ८ र अन्य पार्टीले १५ सिट जितेका छन् । नराम्रो धक्का बेहोरेको लेबरले यसपटक ५९ सिट गुमाएको छ भने स्कटिस नेशनल पार्टीले १३ सिट बढाएको छ ।
विजयपछि मतदाताहरूलाई सम्बोधनका क्रममा प्रधानमन्त्री जोन्सनले सरकारलाई अर्को महिना बेलायतलाई युरोपेली संघ (ईयू) बाट बाहिर निकाल्न ‘शक्तिशाली नयां जनादेश’ प्राप्त भएको भन्दै खुशी व्यक्त गरेका छन् । उनले अब तोकिएकै मिति जनवरी ३१ मा बेलायत इयूबाट बाहिरिने बताए ।
सांसदका रुपमा १० औं पटक पुनः विजयी भएका मुख्य विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले चुनावमा हार स्वीकारिसकेका छन् । उनले यो नतिजा असाध्यै ‘निराशाजनक’ रहेको पनि बताए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोन्सनलाई विजयी भएकामा बधाई दिंदै बेलायतसंग अमेरिकाले व्यापक स्तरको व्यापार सम्झौता गर्ने बताएका छन् ।
निर्वाचन परिणामसंगै राजनीतिक स्थायित्वको आभाषपछि बेलायती मुद्रा पाउण्ड स्टर्लिंग र सेयर बजार सूचांक पनि अप्रत्यासित बढेको छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण