लण्डन । मिस नेपाल अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड प्रतियोगिता’ अन्तर्गत मल्टिमिडिया अवार्ड जितेकी छन् । बिहीबार मल्टि मिडिया अवार्ड विजेताको नाम घोषणापछि अनुष्काले खुशी व्यक्त गर्दै मत दिने सबैप्रति आभार व्यक्त गरेकी छन् । यस अवार्ड जितेपछि सिधै ‘टप ४०’ मा पुगिन्छ । त्यसो त यसअघि नै अनुष्का ‘हेड टु हेड च्यालेन्ज राउन्ड टु’ जितेर टप ४० मा पर्न सफल भएकी थिइन् । यस बाहेक उनी ‘ब्युटी वीथ अ परपोज’ को टप १० मा पनि परेकी छन् ।
लन्डन एक्सेलमा शनिबार हुने ६९ औं ‘मिस वर्ल्ड प्रतियोगिता’ मा प्रतिष्पर्धा गर्न यतिखेर १११ देशका सुन्दरी लण्डनमा छन् ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]