लन्डन । गोर्खा सत्याग्रह संघर्ष समिति, बेलायतका सञ्चार निर्देशक दीपक मास्केले आफ्नो पदबाट राजीनामा दिएका छन् । सत्याग्रहभित्रका केही सदस्यहको कार्यशैली आफ्नो र सत्याग्रहको मुल्य, मान्यता र सिद्धान्त विपरित भएको भन्दै मास्केले आज सोमबार संयोजक कृष्ण राई समक्ष लिखित राजीनामा बुझाएका हुन् । अंग्रेजी लेख्न, बोल्न पोख्त मास्के सत्याग्रहका एकजना प्रभावशाली व्यक्तित्व थिए ।
आइतबार नर्थहोल्टमा भएको सत्याग्रह समितिको बैठकमा मौखिक राजीनामाको घोषणा गरेका मास्केले लिखित पत्रमा गोर्खा समुदायलाई धोका हुने र भ्रमित तुल्याउने किसिमको प्रचारप्रसार र कार्यशैली भएको जनाउंदै अब उप्रान्त उक्त जिम्मेवारी वहन गरिरहन नैतिकताले नदिने बताएका छन् । सत्याग्रहभित्र गेसो चरित्र हावी भएको आरोप लगाएका मास्केले को को सदस्यबाट धोका भएको भन्ने चाहिं पत्रमा खुलाएका छैनन् ।
बेलायती रक्षा मन्त्रालयले सर्वदलीय संसदीय समितिको प्रतिवेदनपछि गत साता सार्वजनिक गरेको आफ्नो प्रतिक्रियालाई समितिले ऐतिहासिक उपलव्धि भने पनि मास्केले यसमा असहमति जनाउंदै आएका थिए ।
उनले बेलायत सरकारको उक्त निर्णयलाई हचुवा र हेपाहा प्रवृत्तिको भन्दै घोर भर्त्सना गर्नुको सट्टा साना साना कुरा र असान्दर्भिक विषयवस्तुमा उत्साहित हुनु वाञ्छनीय नभएकाले समितिले त्यसको विरोध पत्र लेख्नेमा आशा समेत व्यक्त गरेका छन् ।
मास्केले आफ्नो कार्यकालमा सहयोग गर्ने गोर्खा समुदाय, मिडिया र अरु सबैप्रति आभार व्यक्त गरेका छन् ।
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं