लन्डन । गोर्खा सत्याग्रह संघर्ष समिति, बेलायतका सञ्चार निर्देशक दीपक मास्केले आफ्नो पदबाट राजीनामा दिएका छन् । सत्याग्रहभित्रका केही सदस्यहको कार्यशैली आफ्नो र सत्याग्रहको मुल्य, मान्यता र सिद्धान्त विपरित भएको भन्दै मास्केले आज सोमबार संयोजक कृष्ण राई समक्ष लिखित राजीनामा बुझाएका हुन् । अंग्रेजी लेख्न, बोल्न पोख्त मास्के सत्याग्रहका एकजना प्रभावशाली व्यक्तित्व थिए ।
आइतबार नर्थहोल्टमा भएको सत्याग्रह समितिको बैठकमा मौखिक राजीनामाको घोषणा गरेका मास्केले लिखित पत्रमा गोर्खा समुदायलाई धोका हुने र भ्रमित तुल्याउने किसिमको प्रचारप्रसार र कार्यशैली भएको जनाउंदै अब उप्रान्त उक्त जिम्मेवारी वहन गरिरहन नैतिकताले नदिने बताएका छन् । सत्याग्रहभित्र गेसो चरित्र हावी भएको आरोप लगाएका मास्केले को को सदस्यबाट धोका भएको भन्ने चाहिं पत्रमा खुलाएका छैनन् ।
बेलायती रक्षा मन्त्रालयले सर्वदलीय संसदीय समितिको प्रतिवेदनपछि गत साता सार्वजनिक गरेको आफ्नो प्रतिक्रियालाई समितिले ऐतिहासिक उपलव्धि भने पनि मास्केले यसमा असहमति जनाउंदै आएका थिए ।
उनले बेलायत सरकारको उक्त निर्णयलाई हचुवा र हेपाहा प्रवृत्तिको भन्दै घोर भर्त्सना गर्नुको सट्टा साना साना कुरा र असान्दर्भिक विषयवस्तुमा उत्साहित हुनु वाञ्छनीय नभएकाले समितिले त्यसको विरोध पत्र लेख्नेमा आशा समेत व्यक्त गरेका छन् ।
मास्केले आफ्नो कार्यकालमा सहयोग गर्ने गोर्खा समुदाय, मिडिया र अरु सबैप्रति आभार व्यक्त गरेका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा