
लन्डन । लिभरपुल नर्थवेष्ट नेपाली समाजले गत आइतबार २४ नोभेम्बर २०१९ का दिन एक च्यारिटी कार्यक्रम गरेको छ । नेपालको कान्ति बाल अस्पताल लाई निरन्तर सहयोग गर्दै आएको संस्था ‘So The Child May Live’ लाई सहयोग गर्न समाजले कार्यक्रम गरेको थियो । यस संस्था लिभरपुलमा रहेको अल्डर हे बाल अस्पतालका
नर्सहरुको सक्रियतामा स्थापना भएको हो । संस्थाले यो वर्ष नेपालका क्यान्सर पीडित बालबालिकाको मृत्यु दर घटाउन आवश्यक पर्ने सामाग्री तथा उपचारका लागि आर्थिक संकलन अभियान शुरु गरेको हो । यसबाट संकलित रकम बेलायत सरकारले दोब्बर गरिदिने छ ।
लिभरपुल र वरपर रहेका नेपाललाई माया गर्ने बेलायती तथा भारतीय नागरिकहरुको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाली व्यवसायीहरुले पनि आर्थिक सहयोग गरेका थिए । एनआरएनए यूके, हेल्थ एक्चेञ्च नेपाल, नेपलिज डक्टर एसोसिएसन यूकेबाट समेत सहयोग प्राप्त भएको थियो ।
कार्यक्रममा स्थानीय कलाकारले सांस्कृतिक प्रस्तुति गरेका थिए । लिभरपुल नर्थवेष्ट नेपाली समाजका निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार डा. शम्भु आचार्यले समग्र कार्यक्रम संयोजन गरेका थिए । डा. आचार्यले सोचेको भन्दा बढी आर्थिक संकलन भएको र सहयोग संकलन २१ जनवरी २०२० सम्म जारी रहने जानकारी दिए । सो अवसरमा समाजका अध्यक्ष देउमान इजमले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रमको अन्त्यमा समाजका सचिव शिवराज पन्त ले सबैलाई धन्यवाद दिए ।
समाजले बेलायतस्थित सम्पूर्ण संघसंस्थालाई सहयोग गर्न आव्हान गरेको छ । सहयोग यस लिंकबाट गर्न सकिनेछ-
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]